बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ऊर्जामन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता, पञ्चेरश्वर अघि बढाउन प्रस्ताव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २१ २०८१
ऊर्जामन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता, पञ्चेरश्वर अघि बढाउन प्रस्ताव

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मंगलबार राति नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन्।

भेटमा नेपाल-भारतबीचको विद्युत आयत/निर्यात, बङ्गलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाईन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए।

यस्तै भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाइन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राखेका थिए। भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताएका थिए।

बैठकमा नेपालका ऊर्जा मन्त्रालयका ऊर्जा विज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गरेका थिए।

भेटमा भारतका मन्त्रीसँगै विद्युत मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

यस्तै नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, ऊर्जामन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक २१ २०८१११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend