बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्रदी ट्रेडिङ प्रालिद्वारा १० वटा टाटा बीएस६ बस हस्तान्तरण

मंगलबार, कात्तिक २० २०८१
सिप्रदी ट्रेडिङ प्रालिद्वारा १० वटा टाटा बीएस६ बस हस्तान्तरण

यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क थियो।

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई १० वटा अत्याधुनिक र सुविधासम्पन्न टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बस हस्तान्तरण गरेको छ।

रुपन्देहीको पत्थर डाँडामा एक कार्यक्रमका बीच आज सिप्रदीले त्रिशक्ति यातायातलाई उक्त बस हस्तान्तरण गरेको हो।

त्रिशक्ति यातायात पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको बताए। 

टाटा एलपीओ१६२२/६२ बीएस६ मगना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ।

tata lpo magna.jpeg

बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने बताइएको छ।

'अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेषरुपमा तयार पारिएका यी मगना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ', कार्यक्रममा बोल्दै सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने।

यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क थियो।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend