बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय र नेपालका जलस्रोतमन्त्रीबीच वार्ता, पञ्चेश्वर आयोजना अगाडि बढाउन छलफल केन्द्रित

मंगलबार, कात्तिक २० २०८१
भारतीय र नेपालका जलस्रोतमन्त्रीबीच वार्ता, पञ्चेश्वर आयोजना अगाडि बढाउन छलफल केन्द्रित

भेटमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका छन्।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ।

भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो। 

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका छन्। ऊर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल-भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद समेत दिए।

भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए।

भारतीय मन्त्रीसँगको भेटमा नेपालका ऊर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधिमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend