बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुवावेको प्रोसेसरमा अनधिकृत चिप भेटिएपछि टिएसएमसीले रोक्यो एउटा चिनियाँ कम्पनीको आपूर्ति

आइतबार, कात्तिक ११ २०८१
हुवावेको प्रोसेसरमा अनधिकृत चिप भेटिएपछि टिएसएमसीले रोक्यो एउटा चिनियाँ कम्पनीको आपूर्ति

सोफ्गोले भने आफ्नो कम्पनीले ल्याएको चिप कतै पनि दुरुपयोग नभएको र शर्त सबै पालना भएको उल्लेख गरेको छ।

काठमाडौं- अमेरिकी प्रतिबन्धको नजरअन्दाज गर्दै हुवावेको एआई प्रोसेसरमा टीएसएमसीको चिप प्रयोग भएको खुलासापछि ताइवानी कम्पनी टीएसएमसीले एउटा चिनियाँ कम्पनीलाई दिँदै आएको आपूर्ति बन्द गरिदिएको छ। 

पछिल्लो समय हुवावेले विकास गरेको एआई प्रोसेसरमा अमेरिका संरक्षित प्रविधिको चिप प्रयोग भएको खुलासा भएको थियो। यो घटनापछि ताइवानी सेमिकन्डक्टर निर्माता कम्पनी टीएसएमसीले चिनियाँ कम्पनी सोफ्गोलाई दिँदै आएको चिप आपूर्ति तत्कालका लागि रोकिदिएको छ। 

क्रिप्टो तथा अन्य प्रविधिको क्षेत्रमा सक्रिय यो चिनियाँ कम्पनीले अर्डर गरेको चिप हुवावेको प्रोसेसरमा प्रयोग भएको पाइएको थियो। हुवावेलाई कुनै पनि अमेरिकी प्रविधि सेवाको पहुँचमाथि प्रतिबन्ध लागेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा व्यवस्थाअनुसार हुवावेमाथि प्रतिबन्ध रहेको छ।

टीएसएमसीले उत्पादन गर्ने चिपको प्रविधि अमेरिकी संरक्षित प्रविधि हो। टीएसएमसीले अमेरिकी निर्देशन तथा प्रतिबन्धको व्यवस्थाको पालना गर्नुपर्ने हुन्छ। सोहीअनुसार ताइवानी कम्पनीले तत्कालका लागि चिप आपूर्तिमा रोक लगाएको हो।

सोफ्गोले भने आफ्नो कम्पनीले ल्याएको चिप कतै पनि दुरुपयोग नभएको र शर्त सबै पालना भएको उल्लेख गरेको छ।

हुवावेले पनि यो घटनामाथि प्रतिक्रिया जनाइसकेको छ। यसले टीएसएमसीले उत्पादन गरेको कुनै पनि चिप प्रयोग नगरिएको प्रष्ट पारेको छ। 


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend