बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीएटीएलले बनायो हाइब्रिड कारका लागि सुपर ब्याट्री, विश्वकै पहिलो भएको दाबी

शनिबार, कात्तिक १० २०८१
सीएटीएलले बनायो हाइब्रिड कारका लागि सुपर ब्याट्री, विश्वकै पहिलो भएको दाबी

विश्वको पहिलो दाबी गरिएको हाइब्रिड ब्याट्रीले ४ सय किलोमिटर रेन्ज दिने र फोरसी सुपरफास्ट चार्जिङ सपोर्ट गर्ने सीएटीएलले जनाएको छ।

काठमाडौं- विद्युतीय सवारीको ब्याट्री निर्माता कम्पनी हो सीएटीएल। वर्तमान समयमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री मध्ये सबैभन्दा धेरै यही सीएटीएल कम्पनीले उत्पादन गर्छ। 

विश्व ईभी ब्याट्री बजारमा सीएटीएलको हिस्सा ३० प्रतिशतभन्दा धेरै रहेको छ। यही कम्पनीले पहिलोपटक हाइब्रिड कारका लागि छुट्टै सुपर ब्याट्री बनाएको उल्लेख गरेको छ। बिहीबार कम्पनीले नयाँ ‘फ्रिभोय सुपर हाइब्रिड ब्याट्री’ बनाएको र यो हाइब्रिड कारका लागि विश्वकै पहिलो ब्याट्री भएको दाबी पनि गरेको छ। 

उक्त ब्याट्रीले एक पटकका फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने र त्यो पूर्ण विद्युतीय रेन्ज हुने कम्पनीको भनाइ छ। यो ब्याट्री फोरसी अल्ट्रा-फास्ट चार्जिङ सुविधा भएको र यो नयाँ ब्याट्रीले ईभीकै सरह अनुभव दिनेछ।

चीन र विश्व बजारमा प्लगइन हाइब्रिडको नयाँ वेभ आएसँगै सीएटीएलले हाइब्रिडकै लागि प्रयोग गर्नेगरी नयाँ ब्याट्री ल्याएको जनाएको छ। अहिलेको पीएचईभी प्रविधि पूर्णतः विद्युतीय सवारीमैत्री भएको मानिदैन। यसको मुख्य कारण स्लो चार्ज हुने, कम रेन्ज दिनेलगायत हुन्। सीएटीएसले यो सन्दर्भमा हाइब्रिडका लागि ल्याएको नयाँ ब्याट्री गेम चेन्जर हुने दाबी गरेको छ। 

विश्वको पहिलो दाबी गरिएको हाइब्रिड ब्याट्रीले ४ सय किलोमिटर रेन्ज दिने र फोरसी सुपरफास्ट चार्जिङ सपोर्ट गर्ने सीएटीएलले जनाएको इलेक्ट्रिक डटकोले लेखेको छ। हाइब्रिड कारमा निरन्तर चार्ज गरिरहनु पर्ने अवस्था अन्त्य भएर अब सातामा गरे पुग्न अवस्था आएको पनि कम्पनीको भनाइ छ। 

अल्ट्रा फास्ट फोरसी चार्जिङबाट उक्त ब्याट्री १० मिटेन चार्ज गर्दा २ सय ८० किलोमिटर कुदाउन सकिने दाबी पनि कम्पनीको छ। एसओसी कन्ट्रोल एक्युरेसीमा ४० प्रतिशत वृद्धि भएको र सो ब्याट्रीको हाइब्रिड पावर पर्फमेन्ट पनि २० प्रतिशतले बढेको दाबी सीएटीएलको छ। 

सीएटीएलको नयाँ ब्याट्री केही ब्रान्डका कारहरु जस्तो ली अटो, अवतार, दिपललगायतमा प्रयोग भइसकेको छ। २०३० सम्म पुग्दा ठूला कार निर्माताको ३० भन्दा बढी मोडलमा फिभोय ब्याट्री प्रयोग भइसक्ने कम्पनीको विश्वास छ। 

ब्याट्रीमा आधारित र हाइब्रिड कार प्रयोगकर्तालाई नयाँ अनुभव दिने मामिलामा नयाँ हाइब्रिड ब्याट्र अर्को कोशेढुंगा भएको सीएटीएलको भनाइ छ। योसँगै कम्पनीले प्रविधिको नवीनतम विकासमा आफ्नो दायरा फराकिलो समेत बनाउँदै लगेको छ। 

२०२४ अक्टोबरसम्मको तथ्यांकअनुसार विश्व ईभी ब्याट्री बजारमा सबैभन्दा धेरै हिस्सा सीएटीएलको रहेको छ। उक्त अवधिसम्ममा विश्व ईभी ब्याट्री बजारमा ३७.१ प्रतिशत हिस्सासहित सीएटीएल पहिलो नम्बरमा छ। दोस्रो स्थानमा रहेको बीवाईडीको हिस्सा १६.४ प्रतिशत रहेको छ। 


प्रकाशित : शनिबार, कात्तिक १० २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend