शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सरकारको एकसय दिन : १४ आयाेजनाबाट ३७० मेगावाट विद्युत उत्पादन गर्न उत्पादन सर्वेक्षण अनुमति

२२ वटा विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र जारी

बुधबार, कात्तिक ७ २०८१
सरकारको एकसय दिन : १४ आयाेजनाबाट ३७० मेगावाट विद्युत उत्पादन गर्न उत्पादन सर्वेक्षण अनुमति

वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने ७ वटा विद्युत वितरण अनुमतिपत्र जारी गरेको विद्युत विकास विभागले जनाएको छ।

काठमाडौं- नयाँ सरकार गठन भएको एकसय दिनमा १४ वटा विद्युत आयोजनाबाट ३७०.५ मेगावाट विद्युत उत्पादन गर्न उत्पादन सर्वेक्षण अनुमति दिइएको छ। 

विद्युत् विकास विभागका अनुसार जलविद्युततर्फ ७ वटा आयोजनाको कुल ६९.२ मेगावाट जडित क्षमता, सौर्य ऊर्जातर्फ २ वटा आयोजनाको कुल ४० मेगावाट जडित क्षमता र वायु ऊर्जातर्फ एउटा आयोजनाको कुल १० मेगावाट जडित क्षमता गरी कुल १० वटा आयोजनाको ११९.२ मेगावाट जडित क्षमताको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ।

जलविद्युततर्फ चैनपुर सेती जल विद्युत आयोजना (२१० मेगावाट) सहित १२ वटा आयोजनाको कुल ३५३.२ मेगावाट जडित क्षमता, सौर्य ऊर्जातर्फ २ वटा आयोजनाको कुल १७.३ मेगावाट जडित क्षमता गरी कुल १४ वटा आयोजनाको ३७०.५ मेगावाट जडित क्षमताको विद्युत उत्पादन अनुमतिपत्र जारी गरिएको छ। 

यसैगरी प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६.४५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २१०.९५ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२५.१ सर्किट किलोमिटर, ४०० केभी क्षमताको २९,३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ। 

प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३.५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको १९.८ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२.१ सर्किट किलोमिटर, ४०० फाइभभी क्षमताको ५ सर्किट किमि गरी कुल ७ वटा विद्युत प्रसारण अनुमतिपत्र जारी गरेको छ।

वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने ७ वटा विद्युत वितरण अनुमतिपत्र जारी गरेको विद्युत विकास विभागले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend