बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०० ट्रायम्फ मोटरसाइकल एकैदिन डेलिभर

सोमबार, कात्तिक ५ २०८१
२०० ट्रायम्फ मोटरसाइकल एकैदिन डेलिभर

काठमाडौं-  ट्रायम्फ नेपालले 'ट्रायम्फ डे: २ सय मेसिन, अन प्यासन' कार्यक्रमको सफल आयोजना गर्दै नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

२०० ट्रायम्फ मोटरसाइकल एकैदिनमा डेलिभर गरेको छ। जुन गत अगस्टमा लन्चपछि प्रि-बुक गरिएको थियो। यसै साथमा ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको छ।

नक्साल, काठमाडौंस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको यस कार्यक्रममा ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको थियो।

यी बहुप्रतीक्षित मोडेलहरू गत अगस्ट २७ मा नाडा अटो शो २०२४ सार्वजनिक गरिएको थियो। ब्रान्डलाई लिएर ग्रहाकहरुमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको कम्पनीले जनाएको थियो।

नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलोपटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएको कम्पनीले जनाएको छ।

WhatsApp Image 2024-10-21 at 14.31.27 (1).jpeg

कार्यक्रममा 'द जेन्टलम्यान्स क्लब' को घोषणा समेत गरिएको थियो। जुन ट्रायम्फ नेपालको आधिकारिक कम्युनिटी ग्रुप हो। कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो।

यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने कम्पनीले जनाएको छ। जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायको लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउन पाउने कम्पनीको दाबी छ।

ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो ऐतिहासिक कार्यक्रमको सफलतामा ठूलो गर्व प्रकट गरेको थियो।

ट्रायम्फ ब्रान्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, 'ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो ब्रान्डले उत्कृष्टता प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनहरूमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौं । हामी ग्राहकहरूको मोटरसाइकलको उचित सेवा र मर्मतसम्भारको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,' उनले भने। 

WhatsApp Image 2024-10-21 at 14.31.27.jpeg

यसैबीच, ट्रायम्फको हालको लञ्चपछि आएको अत्यधिक सकारात्मक प्रतिक्रिया र बुकिङहरूले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ बजार स्थापित गरेको छ। यस प्रकारको पहिलो सामूहिक डेलिभरी कार्यक्रम ट्रायम्फ नेपालका लागि केवल सुरुवात हो, जुन नेपालभर मोटरसाइकल प्रेमीहरूको लागि, समुदाय र रोमाञ्चक यात्राहरूको नयाँ युगको सुरुवातको संकेत हो।

नाडामा ट्रायम्फ : प्रिमियम मोटरसाइकल ब्रान्डको दमदार उपस्थिति नाडामा ट्रायम्फ : प्रिमियम मोटरसाइकल ब्रान्डको दमदार उपस्थिति


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend