बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुईपांग्रे सवारीमा चीनलाई उछिनेर भारत बन्यो विश्वकै ठूलो बजार

आइतबार, कात्तिक ४ २०८१
दुईपांग्रे सवारीमा चीनलाई उछिनेर भारत बन्यो विश्वकै ठूलो बजार

भारतमा हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर सबैभन्दा धेरै बिक्री हुँदै आएको छ। हिरोपछि होन्डा बजाज, टीभीएस, यामाहालगायत छन्।

काठमाडौं- विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारी बजार भारत बनेको छ। हालसम्म विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारी बजारको ताज चीनसँग थियो। २०२४ को ६ महिनाको अवधिमा चीनलाई उछिनेर भारत दुईपांग्रे सवारी बजारमा पहिलो बनेको हो। 

२०२४ को ६ महिनामा विश्व बजारमा मोटरसाइकल तथा स्कुटरको बिक्री ४ प्रतिशतले वृद्धि भएको हो। यो अवधिमा युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, मध्यपूर्व र भारतमा दुईपांग्रे सवारीको बिक्री वृद्धि सकारात्मक भएको थियो। 

यद्यपी चीन तथा दक्षिणपूर्वी एसियामा भने मोटरसाइकल तथा स्कुटरको बिक्री उल्लेख्य रुपमा घटेको छ। भारतमा भने दुईपांग्रे सवारीको बिक्री वृद्धि राम्रो देखिएको काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको तथ्यांक छ। २०२४ को ६ महिनामा भारतीय दुईपांग्रे सवारी बजारमा २२ प्रतिशतको वृद्धि भएको हो। 

भारतमा यो वर्षको दोस्रो ६ महिनामा पनि दुईपांग्रे सवारीको बिक्री वृद्धि दोहोरो अंकमै हुने निश्चित छ। २०२४ को पहिलो ६ महिनामा विश्वका १० ठूला दुईपांग्रे सवारी उत्पादकले हिस्सा ७५ प्रतिशत रहेको छ। 

विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारी बिक्रेतामा जापानी कम्पनी होन्डा रहेको छ। होन्डालाई पक्षाएको भारतीय कम्पनी हिरो मोटोकर्प दोस्रो, जापानी कम्पनी यामाहा तेस्रो ठूलो दुईपांग्रे सवारी बिक्रेता हो। 

भारतमा भने हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर सबैभन्दा धेरै बिक्री हुँदै आएको छ। हिरोपछि होन्डा बजाज, टीभीएस, यामाहालगायत छन्। 

नेपाली बजारमा पनि पछिल्लो दुई तीन वर्षयता मोटरसाइकलको बिक्री उल्लेख्य रुपमा घटेको छ। गत वर्षको तुलनामा यो वर्ष भने बिक्रीमा केही वृद्धि देखिएको सवारी बिक्रेताहरूले बताएका छन्।   


प्रकाशित : आइतबार, कात्तिक ४ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend