बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस ०७ र एल ०७, केही समयपछि एस ०५ र जी ३१८ पनि सार्वजनिक गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

सेप्टेम्बरको सुरुमा साउदी अरेबियामा आधारित अटोमोबाइल ग्रुप एएल टेयर मोटर्ससँग नीतिगत साझेदारी गर्दै साउदी बजारमा आफ्नो लाइनअपलाई प्रवेश गराएको थियो।

सिड्नी- चांगान अटोमोबाइलअन्तर्गतको प्रिमियम न्यू इनर्जी भेहिकल ब्रान्ड दिपल अस्ट्रेलियामा प्रवेश गरेको छ।

उसले आफ्ना दुई लोकप्रिय मोडेल दिपल एस०७ र दिपल एल०७ सहित दुई भावी मोडेल जी३१८ र एस०५ लिएर यसै साता अस्ट्रेलिया प्रवेश गरेको हो। 

यसअघि गएको ११ सेप्टेम्बरमा दिपलले अस्ट्रेलियन ग्राहकलाई सुध्रित र अटुट कस्टमर एक्सपिरियन्सका लागि ग्राहक सम्पर्क केन्द्र, पार्टस् वितर र विक्रीपछिको प्राविधिक तालिम लगायतका क्षेत्रमा अस्ट्रेलियन डिलर इन्चकेपसँग साझेदारी गरेको थियो।

गत वर्षको नोभेम्बरमा विश्वव्यापी विस्तारको नीतिलाई अवलम्बन गरेपछि दिपलले दक्षिणपूर्वी एसिया र नेपालदेखि ल्याटिन अमेरिका र मध्यपूर्वमा तीव्र गतिमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको छ। 

यसबीच सेप्टेम्बरको सुरुमा साउदी अरेबियामा आधारित अटोमोबाइल ग्रुप एएल टेयर मोटर्ससँग नीतिगत साझेदारी गर्दै साउदी बजारमा आफ्नो लाइनअपलाई प्रवेश गराएको थियो। 

केही समयअघि थाइल्यान्ड, नेपाल, मेक्सिकोमा प्रवेश गरेको थाइल्यान्डले त्यहाँको बजारमा राम्रो प्रदर्शन गर्दै आएको छ। मेक्सिकोमा गएको जुलाईमा अल इलेक्ट्रिक र रेन्ज एक्टेन्डेड भर्सनमा दिपल एस०७ सार्वजनिक गरिएको थियो जसले क्रमस ६२० किलोमिटर र १२०० किलोमिटर रेन्ज दिन्छ। 

दिपलले गत वर्ष थाई बजारमा लागि राइट ह्यान्ड एस०७ र एल०७ सार्वजनिक गरेको थियो। 

त्यसको केही महिनापछि नेपालमा सार्वजनिक भएको दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। विशेष गरी यसको डिजाइन र टेक्नोलोजीका कारण दिपल ईभीलाई नेपाली बजारमा छोटो समयमै स्थापित गराएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend