बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो, चारपांग्रेको आयातमा कमी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो, चारपांग्रेको आयातमा कमी

चालु आवको भदौ मसान्तसम्ममा २ अर्ब ७ करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३ सय ८४ वटा मोटरसाइकल आयात भएका छन्।

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा मोटरसाइकलको आयात ७६ दशमलब ८६ प्रतिशतले बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन्। 

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुईपाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।

चालु आवको भदौ मसान्तसम्ममा २ अर्ब ७ करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३ सय ८४ वटा मोटरसाइकल आयात भएका छन्।

गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए। 

आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल(मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए।

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend