बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आजदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति, यसरी भर्नुहोस् फर्म

आइतबार, माघ २ २०७८
आजदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति, यसरी भर्नुहोस् फर्म

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई आज आइतबारदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति दिन सुरू गरेको छ। यसअघि अनलाइन वा कार्यलयमै उपस्थित भएर श्रम स्वीकृत लिने पाउने भए पनि अब अनलाइनबाट मात्रै हुने भएको हो।

सूचना प्रविधिको अधिकतम प्रयोग गरी श्रम स्वीकृतिलाई फेसलेस र क्यालेस बनाइ छिटो, छरितो, पारदर्शी र गुनासोरहित रुपमा सेवाप्रवाह गर्न अनलाइन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए।

पुनः श्रम स्वीकृति कसरी लिने?

- वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति क्लिक गर्नुहोला वा सिधे www.feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भन्ने Log in गरी फाराम भर्नु पर्ने छ।

- श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको User Account मा जाने हँदा आफ्नो व्यक्तिगत मोवाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नु पर्नेछ।

 - Username र Password प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको Username र Password सुरक्षित राख्नु पर्नेछ।

- अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा ३ कार्य दिन दिन अगाडि अनलाइन फाराम भर्नुपर्नेछ।

- बायोमेट्रिक नभएका व्यक्तिहरुले वैदेशिक रोजगार कार्यालय काठमाडौं वा अन्य श्रम तथा रोजगार कार्यालयहरुमा बायोमेट्रिक गराएर मात्र अनलाईन फाराम भर्नुपर्नेछ।

पुनः श्रम स्वीकृतिको लागि लाग्ने खर्च

(क) म्यादी जीवन बीमा - उमेर अनुसार : १८ वर्ष देखि ३५ वर्षसम्म ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्ष देखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्ष देखि ६४ वर्षसम्म ९ हजार ४ सय ६३ रुपैयाँ लाग्ने।

(ख) वैदेशिक रोजगार कल्याणकारी कोषमका लागि १५ सय रुपैयाँ

आवश्यक कागजात

- पासपोर्ट साइजको फोटोको स्क्यान कपी

- राहदानीको स्क्यान कपी

- सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी

- पुरानो श्रम स्वीकृतिको स्क्यान कपी

- पुरानो भिसा भए सो को स्क्यान कपी

- अध्यागमन कार्यालयले राहदानीमा लगाएको Departure र Arrival स्टाम्प भएको राहदानीको पानाको स्क्यान कपी

- यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको Joboner letter वा सम्झौतापत्रको स्क्यान कपी

- घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देश स्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिश पत्रको स्क्यान कपी

- म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने।


प्रकाशित : आइतबार, माघ २ २०७८०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend