बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिपमोटर सी १० विद्युतीय एसयूभी एसिया प्यासिफिक क्षेत्रका लागि हिँड्यो

बुधबार, असोज २३ २०८१
लिपमोटर सी १० विद्युतीय एसयूभी एसिया प्यासिफिक क्षेत्रका लागि हिँड्यो

सी१० ले सबै यात्रुहरूका लागि शीर्षस्तरको सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार एनक्याप सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।

काठमाडौं- लिपमोटरले आफ्नो लक्जरी विद्युतीय एसयूभी सी १० एसिया प्यासिफिक क्षेत्रका लागि ढुवानी सुरु गरेको छ। कम्पनीले ठूलो संख्यामा उक्त क्षेत्रका लागि सी १० विद्युतीय एसयूभी सिपमेन्ट भएको जनाएको छ। 

नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नेपालमा पनि यसको डेलिभरी चाँडै सुरु गर्ने जनाएको छ। कम्पनीका अनुसार लिपमोटर सी १० एक लक्जरी विद्युतीय एसयूभी हो र यसमा ६९.९ किलोवाट आवर एलएफपी ब्याट्री रहेको छ भने १६० किलोवाट पावर र ३२० एनएम टोर्क रहेको छ।

गाडीको ४२० किलोमिटर (डब्लूएलटीपी) को दायरा र १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसकारण यो नेपालका विविध भूभागहरूका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।

सी १० ले सबै यात्रुहरूका लागि शीर्षस्तरको सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार एनक्याप सुरक्षा मूल्यांकन प्राप्त गरेको छ।

युरोपेली कार उत्पादक कम्पनी स्टेलेन्टिसले लिप मोटरसँगको सहकार्यमा विद्युतीय उत्पादन गरिरहेका छन्। स्टेलेन्टिसले लिप मोटर्सको सेयर हिस्सा खरिख गरेर युरोप तथा एसियाली बजारमा विद्युतीय कार बिक्री थालेको हो। 

लिपमोटरका विद्युतीय एसयूभी कटिङ एज प्रविधिमा आधारित छन्। लिपमोटर चीनको तेस्रो ठूलो विद्युतीय सवारी उत्पादक स्टार्टअप कम्पनी हो। २०२४ को सेप्टेम्बर महिनामा मात्र लिपमोटरले ४ लाख ६० हजार वटा विद्युतीय कार उपभोक्तालाई हस्तान्तरण गरेको जनाएको छ। 

एसिया प्यासिफिक क्षेत्रमा विद्युतीय सवारीको राम्रो माग रहेकाले स्टेलेन्टिस र लिपमोटरले यो क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। आगामी ३ वर्षसम्म कम्पनीले हरेक वर्ष कम्तीमा एउटा नयाँ मोडल बजारमा उपलब्ध गराउने जनाएको छ। 

नेपाली बजारका लागि उपयुक्त ठहरिएको सी१० प्रिमियम विद्युतीय एसयूभी सांग्रिला मोटर्सले काठमाडौंसहित बिर्तामोड, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज र पोखरासहित प्रमुख सहरहरूमा बिक्री सुरु गर्ने तयारी गरेको छ। 

युरोपियन एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको लिपमोटर सी १० ले २०२३ इन्टरनेसनल सीएमएफ डिजाइन अवार्ड, फ्रेन्च डिजाइन अवार्ड र यूएस एमयूएसई डिजाइन अवार्डमा २०२४ गोल्ड अवार्डसमेत प्राप्त गरिसकेको छ।


प्रकाशित : बुधबार, असोज २३ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend