बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरेन्द्र तालको नाममा सौन्दर्य फैलाइरहेको यमछो [तस्बिरहरू]

शनिबार, कात्तिक ३ २०८१
वीरेन्द्र तालको नाममा सौन्दर्य फैलाइरहेको यमछो [तस्बिरहरू]

यमछो वरपर चट्टानी पहाड अडिग छन्। माथिपट्टी टल्कने हिमाल। तालनजिक शिलाकुट बनाउन यात्रुहरू खै कुन चाखले लागेका छन् तर पनि सुन्दर देखिएका छन् ढुंगाका थुप्रा।

गोरखा- गोरखाको उत्तरी भेगमा रहेको वीरेन्द्र ताल मनास्लु क्षेत्रको पदयात्रामा जानेहरूका लागि रोजाइको गन्तव्य बनिरहेको छ। मनास्लु पदयात्रामा पर्ने मनमोहक सामागाउँको छेवैमा छ वीरेन्द्र ताल।   

समुद्री सतहबाट करिब ३ हजार ६ सय ९१ मिटर उचाइमा रहेको वीरेन्द्र ताल पछिल्लो समय खुम्चिँदै गएको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा रहेका प्राकृतिक सुन्दरतामा वीरेन्द्र ताल अधिक मोहक छ।

२०३४ सालतिर राजा वीरेन्द्रको सवारीपछि मनकारी सामागाउँवासीले तालको नाम राखिदिए ‘वीरेन्द्र ताल’। अहिले त्यसअघिको नाम ‘यमछो’बाट कमैले पुकार्छन्। हिमाली बासिन्दाका लागि देवता हो प्रकृति। त्यसको आदर र आधारमा रहेका उनीहरूले राजालाई सम्मान दिन तालको नामै फेरिदिए।

birendra taal (2).jpg

हुन त केही वर्षअघि बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसरमा पनि सामागाउँवासीले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नाम फेरिदिए। तर स्थानीयहरू पङ्बोछेमै रमाइरहेका छन्। कसो कसो वीरेन्द्र तालले भने टपक्कै नयाँ नाम समात्यो। हुन त वर्षौं बित्यो।

यमछो वरपर चट्टानी पहाड अडिग छन्। माथिपट्टी टल्कने हिमाल। तालनजिक शिलाकुट बनाउन यात्रुहरू खै कुन चाखले लागेका छन् तर पनि सुन्दर देखिएका छन् ढुंगाका थुप्रा। त्यसमा आधुनिक तस्बिरे रुचिसँगै सांस्कृतिक चेत खोज्नेहरू पनि छन्। एउटा नमेटिने स्मृतिजस्तो पनि।

birendra taal (10).jpg
birendra taal (3).jpg
birendra taal (4).jpg
birendra taal (5).jpg
birendra taal (6).jpg
birendra taal (7).jpg
birendra taal (8).jpg
birendra taal (9).jpg
birendra taal (11).jpg


प्रकाशित : शनिबार, कात्तिक ३ २०८११४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend