बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डाबर नेपालका संस्थापक राणाको निधन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
डाबर नेपालका संस्थापक राणाको निधन

काठमाडौं- डाबर नेपालका संस्थापक रुक्म शमशेर राणाको निधन भएको छ। राजनीति र खेलकुद क्षेत्रमा समेत पृथक पहिचान बनाएका राणाको शनिबार बिहान निधन भएको हो। शनिवारनै उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

डाबर नेपालका संस्थापक राणा बिपी कोइरालाकालीन अर्थमन्त्री सुवर्ण शमशेरका कान्छा छोरा हुन्। उनले बहुराष्ट्रिय कम्पनी डाबर इन्डियालाई नेपाल भित्र्याएर सफल उद्यमीको पहिचान बनाएका थिए। सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक उत्पादन थालेको थियो।

राणाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दुई पटकसम्म सदस्यसचिव पदमा रहेर पनि काम गरेका थिए। उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव थिए। 

राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष थिए। 

कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म उनी भारतका लागि नेपाली राजदूतसमेत थिए। राणा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सांसदसमेत भएका थिए।


प्रकाशित : शनिबार, भदौ २६ २०७८०३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend