बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पछिल्लो चार वर्षदेखि निरन्तर व्यापार बढाउँदै जगदम्बा स्पिनिङ मिल्स

बिहीबार , असोज १७ २०८१
पछिल्लो चार वर्षदेखि निरन्तर व्यापार बढाउँदै जगदम्बा स्पिनिङ मिल्स

काठमाडौं- जगदम्बा स्पिनिङ मिल्सको व्यापार पछिल्लो चार वर्षदेखि निरन्तर रुपमा बढी रहेको छ। मिल्सले पछिल्लो ४ आर्थिक वर्षमा साढे ११ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरिसेकेको छ।

कम्पनीले पछिल्लो सयम सर्वसाधरणका लागि आईपीओसमेत जारी गर्ने तयारी गरेको छ। कम्पनीले बुक बिल्डिङमा आईपीओ जारी गर्ने तयारी गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। यसैगरी ०७९/०८० मा ३ अर्ब ७९ करोड, ०७८/७९ मा २ अर्ब ३२ करोड र ०७७/०७८मा १ अर्ब ५६ करोडको कारोबार गरेको थियो।

कम्पनीमा सबैभन्दा बढी सेयर दुर्गाप्रसाद न्यौपानेको नाममा छ। उनको ३० प्रतिशत सेयर रहको छ भने विष्णुप्रसाद न्यौपानेको २१ र वैभवको नाममा १६ प्रतिशत सेयर रहेको छ। कम्पनीको अध्यक्ष विष्णु रहेका छन्।

केही समय अगाडिमात्रै कम्पनीमा एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल इक्विटी पार्टनरले समेत लगानी गर्ने गरी सहमति गरेको थियो।

लगानी गर्ने विषयमा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथबहादुर पाण्डे र जगदम्बा स्पिनिङको तर्फबाट विष्णु न्यौपानेले हस्ताक्षर गरेका थिए।

भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको जगदम्बा स्पिनिङले यो लगानीबाट ४० प्रतिशत क्षमता विस्तार गर्ने लक्ष्य लिएको छ। हाल दैनिक ५० टन धागो उत्पादनको क्षमता भएको उद्योगले १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

९५ प्रतिशत उत्पादन निर्यात गर्दै आएको जगदम्बाले पोलिस्टर लगायतका धागो उत्पादन गर्दै आएको छ। अन्य ब्लेन्डेड धागो पनि उत्पादन गर्दै आएको उद्योगले निर्यातको गन्तव्य विविधीकरणसँगै उत्पादन क्षमता बढाउने घोषणा गरेको छ। 

सम्झौता हुँदै गर्दा आन्तरिक रोजगारी सिर्जना तथा निर्यातमा केन्द्रित उद्योगमा लगानी गर्न पाउँदा गौरव महसुस गरेको एनआईएमबीले जनाएको थियो।

‘हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ,’ सम्झौताकै क्रममा पाण्डेले भनेका थिए। उनले नेपालमा जगदम्बा स्पिनिङ्ग मिल्स्सजस्तो अझ धेरै संस्थाहरुको आवश्यकता रहेको बताएका थिए। 

त्यस्तै जगदम्बा स्पिनिङका प्रबन्ध निर्देशक न्यौपानेले बलियो वित्तीय साझेदार पाएकाले क्षमता विस्तारको आफ्नो योजनाले साकार रुप पाउनेमा विश्वास व्यक्त गरेका थसए।

न्यौपानका अनुसार जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिकटन धागो उत्पादन गर्ने क्षमता रहेको छ। यसको उत्पादनको लगभग ९५ प्रतिशत मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ। कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ।


प्रकाशित : बिहीबार , असोज १७ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend