शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

६८३ मेगावाट क्षमताको सुनकोशी-३ जलविद्युत आयोजना निर्माण गर्न बंगलादेश सहमत

बुधबार, असोज १६ २०८१
६८३ मेगावाट क्षमताको सुनकोशी-३ जलविद्युत आयोजना निर्माण गर्न बंगलादेश सहमत

बंगलादेशले १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशययुक्त जलविद्युत आयोजनासमेत निर्माणको तयारीमा रहेको छ।

काठमाडौं- ६८३ मेगावाट क्षमताको 'सुनकोशी-३' जलविद्युत् आयोजना र सोलार प्लान्ट निर्माणमा लगानी गर्न बंगलादेश सहमत भएको छ।

आज बुधबार ऊर्जासचिवस्तरीय बैठकमा ६८३ मेगावाटको सुनकोशी तेस्रो निर्माण गरेर बिजुली लैजान बंगलादेश तयार भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार भोलि बिहीबार हुने सम्झौताभन्दा अघि आज आयोजना निर्माणमा समेत सहमत भएको हो। नेपाल, भारत र बंगलादेशका ऊर्जासचिवस्तरीय बैठकमा बंगालादेशले ४० मेगावाट बिजुली लैजाने र सुनकोशी-३ परियोजनामा लगानी गर्न तयार भएको हो।  

बिहीबार हुने त्रिपक्षीय सम्झौताको अन्तिम तयारीका लागि बुधबार भएको छलफलमा आयोजना निर्माण र सोलार प्लान्ट निर्माणमा बंगलादेश सहमत भएको हो।

बंगलादेशले १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशययुक्त जलविद्युत आयोजनासमेत निर्माणको तयारीमा रहेको छ।  

१२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजनाको लागत २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ र ६८३ मेगावाटको सुनकोसी तेस्रो आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। दुवै आयोजनाको लागत करिब ५ खर्ब रुपैयाँ हाराहारी हुनेछ। 


प्रकाशित : बुधबार, असोज १६ २०८११९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend