बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुको निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना

मंगलबार, असोज १५ २०८१
एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुको निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना

शिविरमा ४ सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुबाट लाभ लिएको एनसेलले जनाएको छ।

काठमाडौं- एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका-९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शिविरमा ४ सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुबाट लाभ लिएको एनसेलले जनाएको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरु पनि पाएका थिए।

एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो। यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने कम्पनीले जनाएको छ। 

'नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउँदै स्वस्थ नेपाल बनाउने उद्देश्यअनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो। हामी समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध छौँ', एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ। एनसेलले आफ्नो सेवा सञ्चालनको १९औँ वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको एनसेलले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज १५ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend