बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय र आईसीई कारमा बाढीले क्षति पुर्‍याएको भए सिप्रदीले घरमै पुगेर सर्भिस दिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १३ २०८१
विद्युतीय र आईसीई कारमा बाढीले क्षति पुर्‍याएको भए सिप्रदीले घरमै पुगेर सर्भिस दिने

उपभोक्ताले आफ्नो गाडीमा भएको क्षती बारे जानकारी गराएलगत्तै सिप्रदीको सर्भिस टिमले ती उपभोक्तासँग लोकसन मागेर सर्भिस टिम नै त्यहाँ पठाइरहेको जनाएको छ।

काठमाडौं- शुक्रबार र शनिबार देशभर भएको भिषण वर्षाका कारण ठूलो जनधनको क्षती भएको छ। उक्त वर्षाले घरदेखि सवारीसाधनसम्म डुबानमा पर्‍यो। 

डुबानले धेरै सवारीसाधनलाई समस्यामा पारेको छ। त्यसमा पनि नयाँ प्रविधिको विद्युतीय सवारी प्रयोगकर्तालाई डुबानपछि थप त्रास निम्त्याएको छ। उपभोक्ताको यही त्रासलाई सम्बोधन गर्न टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका विद्युतीय सवारी प्रयोगकर्तालाई घरमै पुगेर सर्भिस दिने घोषणा गरेको छ। 

सिप्रदीले आइतबार बिहानै टाटाका विद्युतीय र इन्टरनल कम्बस्चन इन्जिन (आईसीई) कार प्रयोगकर्ताहरुलाई एसएमएस पठाएको थियो। उक्त एसएमएसमा ईभी र आईसीई कार बाढीले क्षति पुर्‍याएको भए त्यसबारेमा कम्पनीलाई जानकारी गराउन नभिएको थियो। 

बाढीले गाडीमा क्षती गरेको भए त्यसबारेमा टोल प्रि नम्बरमा फोन गरेर कहाँ र कस्ता क्षती भएको छ त्यस बारेमा जानकारी गराउन सिप्रदीले आग्रह गरेको छ। 

उपभोक्ताले आफ्नो गाडीमा भएको क्षती बारे जानकारी गराएलगत्तै सिप्रदीको सर्भिस टिमले ती उपभोक्तासँग लोकसन मागेर सर्भिस टिम नै त्यहाँ पठाइरहेको जनाएको छ। 

सिप्रदीको सर्भिस टिमले गाडीको अवस्था बुझेर त्यहीँ मर्मत गर्न मिल्ने भएर त्यही मर्मत गर्ने र नमिल्ने भए गाडीलाई टोइङ गरेर सर्भिस सेन्टर लगेर मर्मत गरेर गाडी पुनः उपभोक्ताको घरमै लगिदिने व्यवस्था गरेको सिप्रदीको प्यासेन्जर बिजनेस डिभिजनका प्रमुख सावन्तजंग सिजापतिले जानकारी दिए।

‘बाढीले विद्युतीय कार वा आईसीई कारमा क्षती गरेकाले हामीले उपभोक्तालाई यो अप्ठेरो अवस्थामा उहाँहरुको घरमै पुगेर सर्भिस दिने व्यवस्था मिलाएका छौँ,’ सिजापतिले भने, ‘पहिले उपभोक्तालाई बाढीले गाडीमा क्षती गरे नगरेको जानकारी लिएर सम्बन्धित उपभोक्ताको घरमै पुगेर हाम्रो टिमले सर्भिस उपलब्ध गराउन सुरु गरिसकेको छ।’ उपभोक्तालाई सबै अवस्थामा इमिडिएटली सेवा दिनु नै आफूहरुको मुख्य दायित्व भएको उनको भनाइ छ।

आइतबार बिहानैबाट वर्षा कम भएसँगै सिप्रदीले उपभोक्तालाई बाढीले क्षती गरेको सवारीसाधनमा सर्भिस उपलब्ध गराउन थालिसकेको छ। आइतबार नै सिप्रदीले १ सयभन्दा बढी उपभोक्ताको डुबानमा परेको विद्युतीय र आईसीई कारलाई सर्भिस दिइसकेको जनाएको छ। अबको दुई/तीन दिनमा सकेसम्म बाढीले क्षती गरेका सबै कारको समस्या समाधानमा लागि सक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज १३ २०८११८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend