शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जलविद्युत आयाेजनामा क्षति भएपछि ऊर्जा संकट, निर्यात राेक्ने तयारी

आइतबार, असोज १३ २०८१
जलविद्युत आयाेजनामा क्षति भएपछि ऊर्जा संकट, निर्यात राेक्ने तयारी

अविरल वर्षाका कारण आएको बाढीपहिरोले पूर्व र मध्य क्षेत्रका जलविद्युत आयाेजनामा समस्या आएकाे छ।

काठमाडौं- निजी तथा सरकारी दर्जनौँ जलविद्युत परियाेजनामा बाढीपहिराेले क्षति पुर्‍याउँदा ऊर्जा संकट आउन सक्ने देखिएपछि निर्यात रोक्ने तयारी गरिएको छ।

लिखु करिडाेर र तामाकोशी करिडाेरमा टावरमा समेत समस्या आउने देखिएकाे छ। आयाेजनासहित टावरमा क्षति भएकाले विद्युत आपूर्ति समस्या आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

अपर तामाकोशीमा ठूलाे क्षति भएकाे छ। ४५६ मेगावाट क्षमताको आयाेजनमा क्षति भएकाेले आगामी हिउँदमा समेत निर्माण सम्पन्न गर्न कठिन हुने देखिएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। हिँउदसम्म रेट्राेफिट गर्न सकिएन भने आगामी वर्ष ऊर्जा संकट भाेग्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोले पूर्व र मध्य क्षेत्रका जलविद्युत आयाेजनामा समस्या आएकाे छ।

अहिले निर्यात कटाैती गरेर आयात गर्नुपर्ने भएकाे छ। अहिले साढे २ मेगावाट मात्रै भारत निर्यात गरिएकाे र अब बन्द गर्नुपर्ने देखिएकाे प्राधिकरणले जनाएको छ।

अहिले ११ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन बन्द भएकाे छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend