बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोरला नाकामा सञ्चार सुविधा विस्तार, टेलिकमले राख्यो बीटीएस टावर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ९ २०८१
कोरला नाकामा सञ्चार सुविधा विस्तार, टेलिकमले राख्यो बीटीएस टावर

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत बैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो।

म्याग्दी- चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ।

बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टू जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बीटीएस टावर खडागरी मंगलबारदेखि सेवा प्रारम्भ भएको हो। 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताए। 

एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत बैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो।

नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन्।  रासस


प्रकाशित : बुधबार, असोज ९ २०८१०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend