बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठूलो ब्याट्री र विशेषता थपिएर आयो नेक्सन ईभी

पानारोमिक सनरुफ र फ्रंक पनि

बुधबार, असोज ९ २०८१
ठूलो ब्याट्री र विशेषता थपिएर आयो नेक्सन ईभी

हिलेको नेक्सन १० देखि ८० प्रतिशत चार्ज हुन ५६ मिनेट लाग्थ्यो। अब भने नयाँ नेक्सनमा १० देखि ८० प्रतिशत चार्ज हुन ४० मिनेटमात्र लाग्ने छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले ठूलो ब्याट्री प्याकसहित नेक्सन ईभी सार्वजनिक गरेको छ। ठूलो ब्याट्री क्षमता र केही विशेषता थपेर नेक्सन ईभीको अपडेटेड भर्सन सार्वजनिक गरेको हो। 

मंगलबार नयाँ नेक्सन ईभी ४५ किलोवाट आवरको ब्याट्री प्याकसहित भारतीय बजारमा सार्वजनिक भएको छ। नेक्सन ईभी ४५ किलोवाट आवरको मूल्य १३ लाख ९९ हजारदेखि १६ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरिएको छ। 

नयाँ नेक्सन ईभीको रेन्ज एआरएआईले ४ सय ८९ किलोमिटर प्रमाणित गरेको. छ। तर टाटा मोटर्सले सी७५ रेन्ज भने ३ सय ५० देखि ३ सय ७० किलोमिटर रहेको जनाएको छ। यसलाई टाटा मोटर्सले रियल वल्र्ड रेन्ज भनेको छ। 

४५ किलोवाट आवर ब्याट्री ४० किलोवाट आवरको ब्याट्री भएकै स्थानमा राखिएको तर यसको इफिसियन्सी १५ प्रतिशतभन्दा बढीले वृद्धि भएको कम्पनीले जनाएको छ। 

त्यस्तै नयाँ नेक्सनमा चार्जिङ समयसमेत घटेको छ। पहिलेको नेक्सन १० देखि ८० प्रतिशत चार्ज हुन ५६ मिनेट लाग्थ्यो। अब भने नयाँ नेक्सनमा १० देखि ८० प्रतिशत चार्ज हुन ४० मिनेटमात्र लाग्ने छ। 

नयाँ नेक्सनमा टाटा मोटर्सले पानारोमिक सनरुफ, फ्रंक स्पेस समेत उपलब्ध गराएको छ। त्यस्तै अगाडि भेन्टिलेटेड सिट पनि दिएको छ। नेक्सन रेड डार्क इडिसन पनि सार्वजनिक गरिएको छ। 

नेपाली बजारमा नेक्सन ईभी निक्कै लोकप्रिय छ। पछिल्लो पटक प्रतिस्पर्धा बढेकाले नेक्सन ईभीको बिक्रीमा केही कमी आएको छ। तर ४५ किलोवाट आवरको ब्याट्री युक्त नयाँ नेक्सन नेपाली बजारमा आएमा लोकप्रिय हुने देखिन्छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको फेसलिफ्ट नेपाल ल्याउने तयारी गरिरहेको थियो। अब कम्पनीले नयाँ ४५ किलोवाट आवर ब्याट्रीयुक्त नेक्सन ईभी पनि नेपाल ल्याउने सम्भावना छ। 

सर्भिस र चार्जिङ नेटवर्कसहित सिप्रदीले ईभीको इकोसिस्टम निर्माण गरिरहेको छ। हाल विद्युतीय सवारीका लागि चाहिने चार्जिङ स्टेसन र सर्भिस नेवर्कमा सबैभन्दा धेरै सिप्रदीले नै निर्माण गरेको छ। 

हाल नेपाली बजारमा सिप्रदीले टाटा मोटर्सले उत्पादन गरेको नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी र नाडा अटो शो २०२४ बाट पन्च ईभी बिक्री गर्दै आएको छ।

सार्वजनिक भएयता पन्च ईभीको चर्चा र बिक्री बढ्दै गइरहेको छ। सिप्रदीले हालसम्म १ सय ५० भन्दा बढी पन्च ईभी उपभोक्तालाई हस्तान्तरण गरिरहेको छ।


प्रकाशित : बुधबार, असोज ९ २०८१०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend