बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एप्पललाई उछिन्यो शाओमीले, दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्यो

बुधबार, असोज २ २०८१
एप्पललाई उछिन्यो शाओमीले, दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्यो

बजार अनुसन्धान संस्थाहरूको तथ्यांक अनुसार सामसङको बजार हिस्सा १९ प्रतिशत छ,  शाओमीको १७ प्रतिशत र एप्पलको १४ प्रतिशतमा सीमित भएको छ।

काठमाडौं- स्मार्टफोन आपूर्तिका हिसाबले चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले अमेरिकी कम्पनी एप्पललाई उछिन्दै संसारकै दोस्रो ठूलो कम्पनी बनेको छ। 

सन् २०२४ को दोस्रो त्रैमासको तथ्यांकअनुसार सामसङ पहिलो नम्बरमा कायमै छ भने दोस्रोमा शाओमी पुगेको छ। एप्पल भने तेस्रो स्थानमा पुगेको छ। आइफोन निर्माता कम्पनी एप्पलको आइफोन फिफ्टिनको माग तथा बिक्री चिनियाँ बजारमा खस्किएको थियो। यसको फाइदा शाओमीले लिएको हो। 

बजार अनुसन्धान संस्थाहरूको तथ्यांकअनुसार सामसङको बजार हिस्सा १९ प्रतिशत छ,  शाओमीको १७ प्रतिशत र एप्पलको १४ प्रतिशतमा सीमित भएको छ। 

शाओमीले चिनियाँ बजारभन्दा बाहिर युरोपियन बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको छ। गत वर्षको दोस्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा शाओमीको आपूर्ति ८३ प्रतिशतले बढेको छ, सामसङको १५ प्रतिशत र एप्पलको १ प्रतिशतमात्र बढेको छ। 

सस्तो मूल्य र धेरै फिचर्सका कारणले गर्दा शाओमीले बजार हिस्सा बढाए पनि आम्दानीका हिसाबले भने धेरै पछाडि रहेको छ। एप्पलका फोनको तुलनामा शाओमी फोन ७५ प्रतिहत सस्तोमा पाइन्छ। 

आइफोन फिफ्टिनबाट उत्साह जगाउन असफल एप्पलले हालैमात्र आइफोन सिक्सिटिन सार्वजनिक गरेको छ। इन्टेलिजेन्समा आधारित फोन भनिए पनि तत्काल सुविधा उपलब्ध नहुने भएकाले यसको आपूर्ति बढ्नेमा आशंका गरिएको छ। 


प्रकाशित : बुधबार, असोज २ २०८११५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend