बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बहुप्रतिक्षित टाटाको पन्च ईभी : एकैपटक चार सहरबाट बिक्री सुरु

मंगलबार, असोज १ २०८१
बहुप्रतिक्षित टाटाको पन्च ईभी : एकैपटक चार सहरबाट बिक्री सुरु

टाटा पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ भने यसले भारत एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।

काठमाडौं- नेपालमा बहुप्रतिक्षित टाटाको पन्च ईभी एकैपटक चार सहरमा सार्वजनिक भएको छ। चितवन, पोखरा, बुटवल र भैरहवामा पन्च ईभी सार्वजनिक भएसँगै बिक्री सुरु भएको हो। 

धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ। पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए। 

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो। यस्तै चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए।

Punch.ev launch in Butwal.jpg

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए। पोखरामा औपचारिक रूपमा पन्च ईभी सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण समेत गरिएको थियो। सोक्रममा उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए। भैरहवा-बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए। 

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो। गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च ईभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए। 

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्। 

टाटा पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ भने यसले भारत एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।


प्रकाशित : मंगलबार, असोज १ २०८११०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend