बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकारले माघ ५ गतेबाट इजरायलमा श्रमिक पठाउँदै, पहिलो पटक १२५ जना जाने

मंगलबार, पुस २७ २०७८
सरकारले माघ ५ गतेबाट इजरायलमा श्रमिक पठाउँदै,  पहिलो पटक १२५ जना जाने
फाइल तस्बिर

काठमाडौं- सरकारले माघ ५ गतेबाट विधिवत रुपमा रोजगारीका लागि नेपाली कामदार इजरायल पठाउन सुरु गर्ने भएको छ। सरकारी तवरबाट माघ ५ गते पहिलोपटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका हुन्।

वैदेशिक रोजगार विभागले  इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउने भएको हो। सरकारी तवरबाट यो नै पहिलो पटम इजरायल कामदार पठाउन लागिएको हो। यसका लागि वैदेशिक रोजगार विभागले सूचनासमेत प्रकाशित गरिसकेको छ।

विभागले सबै प्रक्रिया पूरा गरेका १ हजार ६ सय जना कामदार इजरायल पठाउनका लागि छनोट गरेको थियो। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका थिए। विभागले छनोट गरेकका मध्येबाट इजरायलले १ हजार १ सय ७५ जना कामदार लैजाने गरी छनोट गरेको थियो।

यसरी छनोट भएका मध्ये ७ सय जनासँग सम्झौता भइसकेको छ। सम्झौता भएका मध्येमा पनि १ सय ४३ जानको भिसा प्रक्रिया पनि सम्पन्न भइसकेको छ। 

इजरायलसँग सम्झौता भएका र भिसाको प्रक्रिया पूरा गरेका १ देखि १२५ नम्बरसम्मका श्रमिकलाई हवाई टिकट खरिद गर्न वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरेको हो। कामदारले लाग्ने सबै खर्च आफै तिर्नु पर्छ।

कामदारले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ बेहोर्नुपर्ने छ। नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। तलब मासिक १ हजार ६ सय डलर भन्दा बढी हुन्छ। 

visa.jpg


प्रकाशित : मंगलबार, पुस २७ २०७८१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend