बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतबाट बाहिरिएको ३ वर्ष ३ दिनमा पुन: भारत आउने फोर्डको निर्णय

तामिलनाडू सरकारसँग प्लान्ट सञ्चालनको एलओआई सम्झौता

शुक्रबार, भदौ २८ २०८१
भारतबाट बाहिरिएको ३ वर्ष ३ दिनमा पुन: भारत आउने फोर्डको निर्णय

त्यस्तै तामिलनाडूमा रहेको प्लान्ट भने बिक्री गरेको थिएन। सोही प्लान्ट सञ्चालन गरेर निर्यात प्रयोजनका लागि कार उत्पादन गर्ने योजनासहित फोर्ड मोटर कम्पनी पुनः भारत आएको हो।

काठमाडौं- २०२१ सेप्टेम्बर ९ मा अमेरिकी सवारी उत्पादक कम्पनीले भारत छाड्ने निर्णय गर्‍यो। जसले फोर्ड प्रयोगकर्तामात्र नभइ धेरै अटोमोबाइल उत्पादक तथा उपभोक्तालाई झस्कायो। 

धेरैले अनेक अड्कल काटे। नेपालमा पनि पार्ट नपाउनेलगायत अनुमानहरू भए। फोर्ड भारत र नेपालमा रहेका दुवै कम्पनीले स्पेयर पार्टस र सर्भिसमा कुनै समस्या आउन नदिने प्रतिबद्धता जाहेर गरिनै रहे। यो समय उनीहरूका लागि कस्टपूर्ण नै रह्यो। 

तर अब यो धेरै हदसम्म अन्त्य नै भएको छ। भारत छोड्ने घोषणा गरेको ३ वर्ष ३ दिनमा फोर्डले पुनः भारत आउने निर्णय गरेको छ। निर्णयसँगै फोर्ड इन्डियाले तामिलनाडू सरकारलाई त्यहाँ रहेको आफ्नो प्लान्टबाट सवारी उत्पादन गरेर निर्याय गर्ने योजनासहितको एलओआई (लेटर अफ इन्ट्रेस्ट)पत्र पेश गरेको छ। 

फोर्ड इन्डियाको २०२१ सेप्टेम्बर ९ मा बाहिरिनुअघि दुई वटा कार उत्पादन प्लान्ट रहेको थियो। यो क्रममा फोर्ड इन्डियाले गुजरातको सनानन्दमा रहेको एउटा प्लान्ट टाटा मोटर्सलाई बिक्री गरिसकेको छ। उक्त प्लान्टबाट टाटा मोटर्सले विद्युतीय कार उत्पादन गर्दै आएको छ। 

त्यस्तै तामिलनाडूमा रहेको प्लान्ट भने बिक्री गरेको थिएन। सोही प्लान्ट सञ्चालन गरेर निर्यात प्रयोजनका लागि कार उत्पादन गर्ने योजनासहित फोर्ड मोटर कम्पनी पुनः भारत आएको हो। 

सुरुमा फोर्डले चेन्नई प्लान्ट सञ्चालन गरेर उत्पादन भएका कार निर्यात मात्र गर्नेछ। प्लान्ट सञ्चालन घोषणा गर्नुपूर्वको सम्झौताअघि फोर्डका उच्च अधिकारी र तामिलनाडूका मुख्यमन्त्रीबीच पनि छलफल भएको थियो। 

फोर्डले अलग योजनासहित गरेको प्रस्तावमा तामिलनाडू सरकारले राम्रो सहयोग गरेको फोर्ड इन्टरनेसनल मार्केटस् ग्रुपकी प्रमुख काय हार्टले बताएकी छिन्। ‘भारतको तामिलनाडूमा रहेको प्लान्टबाट निर्यातका लागि कार उत्पादन गरेर विश्व बजरमा बिक्री गर्ने हाम्रो योजनालाई यो कदमले सहयोग पुग्नेछ’ हार्टले भनेकी छिन्। फोर्डले कहिलेदेखि उत्पादन सुरु हुने, कुन मोडल उत्पादन गर्नेलगायत विषय भने खुलाइ सकेको छैन। 

फोर्डको यो निर्णयले भारत फोर्डका लागि महत्वपूर्ण बजारका रुपमा रहेको दर्शाएको छ। ग्लोबल बिजनेस अप्रेसनअन्तर्गत तामिलनाडूमा फोर्डका १२ हजार कर्मचारी रहेका छन्।

नयाँ योजनासहित फोर्ड फर्किएकाले अब त्यहाँ आगामी २ देखि ३ वर्षमा ३ हजारसम्म रोाजगारी बढ्ने अनुमान गरिएको छ। सनानन्दका केही कर्मचारीसमेतलाई जोड्ने हो भने भारतमा फोर्डको दोस्रो धेरै तलबी कर्मचारी रहेका थिए। 


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend