बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्काइवेलको प्रिन्सिपल कम्पनीले भन्यो - नेपालमा जी मोटर्समात्र हो आधिकारिक बिक्रेता

एजेन्ट कम्पनी खडा गरेर एलआरआरको ‘कीर्ते काम’

शुक्रबार, भदौ २८ २०८१
स्काइवेलको प्रिन्सिपल कम्पनीले भन्यो - नेपालमा जी मोटर्समात्र हो आधिकारिक बिक्रेता

कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा आधिकारिक बिक्रेता एउटा मात्र भनेकाले भन्सार तथा वाणिज्य विभागले एलआरआरले ल्याएका विद्युतीय कार जफत गर्न र एलआरआरलाई अब उप्रान्त स्काइवेल ब्रान्डका कार ल्याउन प्रतिबन्ध गर्न सक्छ।

काठमाडौं- स्काइवेलको विद्युतीय एसयूभी गतवर्ष नेपाली बजारमा भित्रिएको थियो। उक्त ब्रान्ड ‘एक्सक्लुसिभ’ रुपमा जी मोटर्स प्रालिले ल्याएको हो। 

कम्पनीले स्काइवेलका ईभी फाइभ विद्युतीय कार बिक्री गर्दै आएको थियो। नाडा अटो शो २०२४ मा जी मोटर्सले स्काइवेलका विद्युतीय एसयूभी तीन वटा ब्याट्री अप्सनमा बीई ११ मोडल नेममा सार्वजनिक गरेको थियो। 

यही बीचमा एउटा समूहले खोलेको कम्पनी एलआरआरले स्काइवेलको विद्युतीय कार आधिकारिक बिक्रेता भएर ल्याएको भन्दै भन्सार प्रयोजनका लागि अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गर्‍यो। तर उक्त कम्पनीले उत्पादक कम्पनीसँग नभइ एजेन्ट कम्पनी खडा गरेर अवैध रुपमा गाडी आयात गरेको खुलेको छ। 

स्काइवेलको प्रिन्सिपल कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले आफ्नो लेटर प्यानमै नेपालका लागि स्काइवेलको एक्सक्लुसिभ आधिकारिक बिक्रेता जी मोटर्स प्रालि राधेराधे भक्तपुरमात्र रहेको पत्र नै भन्सार तथा वाणिज्य विभागलाई पनि पठाएको छ। कम्पनीका डेप्युटी जीएम (स्काइवेल एक्सपोर्ट डिभिजन) थोमसले जारी गरेको उक्र पत्र आएपछि एलआरआरले कीर्ते गरेर अवैध रुपमा स्काइवेलका विद्युतीय एसयूभी आयात गरेको खुलेको हो। 

एलआरआरले वाणिज्य विभागमा एजेन्सी दर्ता गरेर हङकङमा स्थापना गरिएको एक कम्पनीसँग त्रिपक्षीय सम्झौता गरेर आफू पनि आधिकारिक बिक्रेता भएको दाबी गर्दै स्काइवेलका कार आयात गरेको छ। कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा जी मोटर्समात्र आधिकारिक बिक्रेता भएको बताएको र सो कम्पनीले हङकङ वा चीनमा दिइका डिलर कम्पनीलाई अर्को देश वा क्षेत्रमा आधिकारिक बिक्रेता नियुक्त गर्ने अधिकार नदिएकाले एलआरआरको आयात अवैध देखिएको हो। 

कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा आधिकारिक बिक्रेता एउटा मात्र भनेकाले भन्सार तथा वाणिज्य विभागले एलआरआरले ल्याएका विद्युतीय कार जफत गर्न र एलआरआरलाई अब उप्रान्त स्काइवेल ब्रान्डका कार ल्याउन प्रतिबन्ध गर्न सक्छ। 

नेपालमा सवारीसाधन आयात गर्दा उत्पादन कम्पनीले आधिकारिक बिक्रेताको नियुक्त गरेको हुनुपर्छ। आधिकारिक बिक्रेता नभइ सवारी आयात गर्नै पाइँदैन। उत्पादक कम्पनीले एक्सक्लुसिभ नभइ दुई वा तीन वटालाई पनि दिन सक्छ। त्यसरी आयात भइरहेका पनि छन्। तर स्काइवेल ब्रान्डको हकमा एक्सक्लुसिभ आधिकारिक बिक्रेता दिएकाले एलआरआरले नेपालमा स्काइवेलको कार आयात गर्नै पाउँदैन। 

प्रिन्सिपल कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडले जी मोटर्स प्रालिमात्र नेपालको आधिकारिक बिक्रेता भएको लेखि पठाएकाले आफूहरू यसबारेमा कानूनी उपचारमा जाने जी मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जी मोटर्सले कम्पनीले आफूलाई मात्र आधिकारिक बिक्रेता तोकेको र अन्य कम्पनीले अवैध रुपमा स्काइवेलकै सवारी आयात गरेकाले सरकारले गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारबाही गरि व्यावसायीको लगानी सुनिश्चितताको वातावारण बनाउने गर्ने मागसमेत गरेको छ।  

Skywell P.PNG


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend