बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सार्वजनिक भएको १५ दिनमै काठमाडौंमा १ सयभन्दा धेरै पन्च ईभी उपभोक्तालाई हस्तान्तरण

पूर्वबाट क्षेत्रीय लन्च पनि सुरु

बुधबार, भदौ २६ २०८१
सार्वजनिक भएको १५ दिनमै काठमाडौंमा १ सयभन्दा धेरै पन्च ईभी उपभोक्तालाई हस्तान्तरण

पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो। सिप्रदीले पन्च ईभी सार्वजानिक गर्नुपूर्व हजारौँ किलोमिटर चलाएर रियल वर्ल्ड परीक्षण गरेको थियो।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा बहुप्रतिक्षित पन्च ईभी सार्वजनिक गरेको थियो। सार्वजनिक भएको केही दिनपछि सिप्रदीले पन्च ईभी बुकिङ गरेका उपभोक्तालाई हस्तान्तरण सुरु गरेको थियो। 

उपभोक्तालाई हस्तान्तरण सुरु गरेको सात दिनमा टाटा पन्च ईभी १ सय जनाभन्दा बढीले काठमाडौंमै लिइ सकेका छन्। पन्च ईभीको नाडाको पहिलो दिनमै १ सयभन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको थियो। 

पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जतिसक्दो छिटो बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजङ सिजापतिले बताए। 

साथै पन्च ईभीको रिजनल लन्च विर्तामोडबाट सुरु भइसकेको सिप्रदीले जनाएको छ। पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो। सिप्रदीले पन्च ईभी सार्वजानिक गर्नुपूर्व हजारौँ किलोमिटर चलाएर रियल वर्ल्ड परीक्षण गरेको थियो। 

नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने बताएको छ। यो ल्याबमा फिक्स गरेर जाँच गरिएको रेन्ज नभइ रियल वर्ल्ड रेन्ज भएको कम्पनीले जनाएको छ।

सोहीकारण नाडा अटो शोमा पुग्ने हरेक अवलोकनकर्ताले नबिराइ हेर्ने विद्युतीय एसयूभी थियो, टाटा पन्च ईभी। आकर्षक डिजाइन र विशेषताले भरिएको र ‘भ्यालू फर मनी’ दिने यो कार धेरैको रोजाइ र चासोमा परेको हो।

टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्। 

यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। 

फाइभ स्टार सेफ्टी रेटिङ पाएको पन्च ईभी

भारत एनसीएपी परीक्षणमा टाटाको एसयूभी पन्च ईभीले फाइभ स्टार रेटिङ पाएका हो। टाटा पन्च ईभीले वयस्कको लागि तय भएको ३२ अंकमा ३१.४६ अंक ल्याउन सफल भएको छ भने बालबालिकाका लागि तय भएका ४९ अंकमा पन्च ईभीले ४५ अंक पाएको हो।

५ सिट क्षमताको पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलसहितको एन्टिलक ब्रके, आईएसओफिक्स चाइल्ड सिट माउन्टस्, सबै सिटमा थ्री प्वाइन्ट सिटबेल्टलगायत विशेषताहरु रहेका छन्।

पन्च ईभीमा ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित एप्पल कारप्ले, एन्ड्रोइड र इन कार कनेक्टेड टेक रहेका छन्। त्यस्तै अन्य विशेषताहरुमा टू स्पोक फ्याट बटन स्टेरिङ ह्वील, पूर्णडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३६० डिग्री क्यामेरालगायन छन्। 

नेपाल आएको पन्च ईभी ३५ किलोवाट आवरको ब्याट्रीयुक्त हो। पन्च ईभी नेक्सन ईभीभन्दा तल र टियागो तथा टिगोर ईभीभन्दा ठूलो कार हो। 

पन्च ईभीमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्ले रहेका छन्। पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एभएम रहेको छ। 


प्रकाशित : बुधबार, भदौ २६ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend