बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न

मंगलबार, भदौ २५ २०८१
कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास बैंकको छ।

काठमाडौं- कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

यूसएडसँगको सहकार्यमा 'देशैभरि वर्षैभरि' अभियानकै रुपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले उक्त कार्यक्रम गरेको हो।

यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास बैंकको छ।

स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनालाई प्रर्वद्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास पनि बैंकको छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २५ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend