बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एआई फिचर्ससहितको आईफोन १६ सार्वजनिक, क्यामेरा एक्सन बटन थपियो

मंगलबार, भदौ २५ २०८१
एआई फिचर्ससहितको आईफोन १६ सार्वजनिक, क्यामेरा एक्सन बटन थपियो

भिडियो रेकर्डिङ, फोटोग्राफीमा नयाँ फिचर्स थपिएको कम्पनीले दाबी गरेको छ। जुम लेन्स तथा टेली फोटोमा सुधार गरिएको तथा नाइट मोडमा सुधार भएको कम्पनीले दाबी गरेको छ।

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आइफोन सिक्स्टीन, वाच सिरिज र एयरपोड सार्वजनिक गरेको छ। वार्षिक रुपमा आयोजना हुने फ्ल्यागसिप इभेन्टमार्फत एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको हो। 

आईफोन सिक्स्टीनमा चार मोडल एप्पलले सार्वजनिक गरेको हो। प्रो, प्रो म्याक्स र आईफोन सिक्स्टीन र प्लस मोडल सार्वजनिक गरेको छ। 

एप्पलले यो वर्ष आईफोनमा मुख्य दुई परिवर्तन गरेको छ। एउटा क्यामेरा एक्सन बटम  र क्यामेरा डिजाइन परिवर्तन।

एप्पलले योपालि आईफोनमा क्यामेरमा सामान्य अपग्रेड गरेको छ। उल्लेखनीय ब्रेकथ्रु नगरेको एप्पलले योपालि एआई केन्द्रित बनाएको छ। सामान्य एआईसँगै दृष्य एआईलाई केन्द्रित गरेको छ। 

भिडियो रेकर्डिङ, फोटोग्राफीमा नयाँ फिचर्स थपिएको कम्पनीले दाबी गरेको छ। जुम लेन्स तथा टेली फोटोमा सुधार गरिएको तथा नाइट मोडमा सुधार भएको कम्पनीले दाबी गरेको छ। 

आइफोन सिक्स्टीनको मूल्य ७९९ डलरबाट सुरू हुनेछ भने प्रो भर्सनको ९९९ डलरबाट सुरू हुनेछ। 

एप्पलले आइफोनको मूल्यभन्दा पनि क्लाउड सर्भिस तथा अन्यमा मूल्य विस्तार गरेको छ। हार्डवेयरभन्दा सफ्टवेयरको मूल्यबाट ब्यापार बढाउने रणनीतिमा रहेको कम्पनीले डिभाइसको मूल्यमा खासै परिवर्तन गरेको छैन। 

त्यस्तै एप्पलले एप्पल वाच सिरिज १० र वाच अल्ट्रा २ सार्वजनिक गरेको छ।

एप्पलले सन् २०३० भित्र आफ्ना उत्पादनको कार्बन फुटप्रिन्ट न्युट्रल बनाउने लक्ष्य पनि सार्वजनिक गरेको छ। महात्वकांक्षी यो लक्ष्य पूरा गर्नका लागि कतिपय उत्पादनमा अहिलेदेखि नै लागु गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार अहिले वाच सिरिज नाइनमा कार्बन न्युट्रलको लक्ष्य पूरा भएको छ। 

मेटल तथा उपकरण सकेसम्म रिसाइकलयोग्य बनाउने, हरित ऊर्जाको प्रयोग तथा सिपिङलाई किफायति बनाउँदै सन् २०३० सम्म लक्ष्य पूरा गर्नेमा कम्पनीको विश्वास छ।  


प्रकाशित : मंगलबार, भदौ २५ २०८१००:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend