बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

च्याट जीपीटी प्रयोगकर्ता धेरै भएका देशहरु

शनिबार, भदौ २२ २०८१
च्याट जीपीटी प्रयोगकर्ता धेरै भएका देशहरु

च्याट जीपीटी धेरै प्रयोग गर्ने पहिलो देश भारत हो भने त्यहाँ सर्भेमा सहभागी मध्ये ४५ प्रतिशतले च्याट जीपीटी प्रयोग गरिरहेको बताएका थिए।

काठमाडौं- एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पछिल्लो समयको सबैभन्दा चर्चित इन्टरनेट उत्पादन हो। एआईले धेरै कुरा सहजै बताउनले र काममा सहयोग हुने भएकाले यसको प्रयोगकर्ताहरु बढ्दै गइरहेका छन्।

एआईका दर्जनौँ एपहरु विश्व बजारमा आइसकेका छन्। ठूला प्रविधि कम्पनीहरु पनि एआईको विकासमा लागि परेका छन्। दुई वर्षअघि ओमन एआईले च्याट जीपीटी सार्वजनिक गरेको थियो। त्यसयता सबैभन्दा धेरै चर्चाको शिखर र प्रयोगमा रहेको एआई हो च्याट जीपीटी। 

च्याट जीपीटीले जेनेरेटिभ एआईको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। च्याट जीपीटीको प्रयोग गर्ने बढ्दै गएसँगै ठूला तीन प्रविधि कम्पनीहरु पनि एआईको विकासमा घनीभूतरुपमा लागेका छन्। यो दौडमा अमेजोन, एप्ल र अल्फाबेट लागि गरेका छन्। माइक्रोसफ्ट कम्पनी पनि यो दौडमा लागि रहेको छ।

तर उपलब्ध एआईका बारेमा आममानिसहरुको धारण र प्रयोग ह्याबिट कस्तो छ भन्ने बारेमा भिजुअल क्यापिटालिस्टले एउटा सर्भे सार्वजनिक गरेको छ। बोस्ट अन्सल्टिङ ग्रुपले गरेको सीसीआई ग्लोबल कन्जुमर सेन्टिमेन्ट सर्भे २०२३ अनुसार सबैभन्दा धेरै एआई कुन प्रयोग भएरहेको छ र त्यो कुन देशमा छ भन्ने उल्लेख छ।

उक्त सर्भेअनुसार सबैभन्दा धेरै प्रयोगमा आएको एआई च्याट जीपीटी हो। उक्त च्याट जीपीटी सबैभन्दा धेरै भारतमा प्रयोग भइरहेको छ। सर्भेमा सहभागीमध्ये सबैभन्दा धेरै च्याट जीपीटी चलाउनेहरु भारतमा छन् र त्यो हिस्सा ४५ प्रतिशत रहेको छ। भारत जनसंख्याका आधारमा विश्वको पहिलो देश हो।

त्यस्तै भारतमा सूचना प्रविधि(आईटी) क्षेत्रमा काम गर्नेहरुको संख्या अत्याधिक रहेको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुका लागि च्याट जीपीटी महत्वपूर्ण सम्पत्तिका रुपमा विकास भइरहेको छ। 

त्यस्तै दोस्रोमा रहेको मोरक्कोमा ३८ प्रतिशत, यूएईमा ३४ प्रतिशत, अर्जेन्टिना, ब्राजिल र इन्डोनेसियामा समान ३२ प्रतिशतले च्याट जीपीटी प्रयोग गरिरहेका छन्। 

त्यसैगरी फिलिपन्सिमा २८ प्रतिशत, स्वीडेनमा २७ प्रतिशत, दक्षिण कोरियामा २६ प्रतिशत, टर्कीमा २३ प्रतिशत, अमेरिकामा २३ प्रतिशत, अस्ट्रेलिया, मेक्सिको र बेलायतमा समान २२ प्रतिशतले च्याट जीपीटी प्रयोग गरिरहेका छन्।

जापानमा १९ प्रतिशत, चीनमा १८ प्रतिशत, फ्रान्स र जर्मनीमा समान १८ प्रतिशत, साउदी अरबमा १८ प्रतिशत र थाइल्यान्डमा १४ प्रतिशत एआई उपकरणमा च्याट जीपीटीलाई नै प्रयोग गरिरहेका छन्।

नेपालमा पनि पछिल्लो समय एआई टुलको प्रयोग बढ्दै गइरहेको छ। नेपालमा समेत च्याट जीपीटीको प्रयोग धेरै नै भएको अनुमान गरिएको छ। त्यस्तै गुगलको जिमिनीको प्रयोगकर्ता पनि नेपालमा राम्रै रहेको अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, भदौ २२ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend