बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टिकटक औपचारिक रुपमा नै खुला, प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

शुक्रबार, भदौ २१ २०८१
टिकटक औपचारिक रुपमा नै खुला, प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

भीपीएन वा वैकल्पिक विधिको प्रयोगबाट बाहेक सामान्यतया टिकटक नचलिरहेको अवस्थामा अब सम्पूर्ण रुपमा खुला भएको हो।

काठमाडौं- टिकटकको प्रयोगमा लगाइएको रोक हटाइएको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ।

सरकारले राखेका चार सर्तहरू तीन महिनाभित्र कार्यान्वयन गर्न टिकटक तयार भएपछि प्रतिबन्ध खोलिएको हो। टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त तोकिएको थियो।

'नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ' सूचनामा भनिएको छ।

भीपीएन वा वैकल्पिक विधिको प्रयोगबाट बाहेक सामान्यतया टिकटक नचलिरहेको अवस्थामा अब सम्पूर्ण रुपमा खुला भएको हो। 

मन्त्रिपरिषदले भदौ ६ गते टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। सरकारले निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली आफैले फेसबुकमा लेखेका थिए।


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend