शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा विद्युतगृहको कङ्क्रिटको काम सकियो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १८ २०८१
१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा विद्युतगृहको कङ्क्रिटको काम सकियो

विद्युतगृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ। साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ।

तनहुँ- तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युतगृहको कङ्क्रिटको काम सकिएको छ। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युतगृहभित्र कङ्क्रिटको काम सकिएको हो। 

प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युतगृहभित्र ढलान गरेर कङ्क्रिटको काम सकाएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनले भने, 'विद्युतगृहभित्र संरचना बनाउने काम चलिरहेको छ। सोहीबमोजिम पहिलो चरणको कङ्क्रिट गर्ने काम पूरा भएको हो।'

प्याकेज दुईअन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ। यस प्याकेजको निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ।

जसअन्तर्गत विद्युतगृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ। साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ। 

पेनस्टक सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम जारी छ भने मुख्य सुरुङतर्फ विसं २०८० चैत १८ गते मुहान सुरुङको ‘ब्रेक थु्र’ भएपश्चात् बेन्चिङ (तल्लो भाग) तथा आवश्यक सहयोगका लागि ‘स्टील रिब्स्’ जडान कार्य सम्पन्न भएको छ।

सर्जट्याङ्क ठाडो सुरुङतर्फ स्काफफोल्डिङ, रेबर जडान तथा कङ्क्रिट कार्य भइरहेको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend