बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ सम्पन्न : सवारीप्रेमीको उल्लासमय उपस्थिति, ८२ हजार ४७० जनाले गरे अवलोकन

आइतबार, भदौ १६ २०८१
नाडा अटो शो २०२४ सम्पन्न : सवारीप्रेमीको उल्लासमय उपस्थिति, ८२ हजार ४७० जनाले गरे अवलोकन

कठीन परिस्थितिका बीच पनि नाडा अटो शो २०२४ मा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागीता हुँदा अटो व्यवसायीहरुको कुम्भ मेला भव्यताका साथ सकिएको अध्यक्ष चौधरीको भनाइ छ।

काठमाडौं- १६औँ संस्करणको नाडा अटो शो २०२४ सम्पन्न भएको छ। भदौ ११ देखि १६ गतेसम्म काठमाडौंमा भएको अटो शो निक्कै उल्लासमय रुपमा सम्पन्न भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। 

यो संस्करणको नाडा अटो शोमा शनिबार एकैदिन सबैभन्दा धेरै १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका थिए। यसपाली अटो शोमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको नाडा अटो शो आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए। 

कठीन परिस्थितिका बीच पनि नाडा अटो शो २०२४ मा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागीता हुँदा अटो व्यवसायीहरुको कुम्भ मेला भव्यताका साथ सकिएको अध्यक्ष चौधरीको भनाइ छ। 

नाडा अटो शो २०२४ को मुख्य प्रायोजक टाटा डट ईभी रहेकाे थियो। 

६ दिनसम्म चलेको नाडा ओ शोमा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेका हुन्। यो वर्षको अटो शोमा पहिलो दिन ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन १५ हजार जना अटो शोमा आइपुगेको नाडाले जनाएको छ। 

त्यस्तै तेस्रो दिन बिहीबार १७ हजार र शुक्रबार १७ हजार २ सय जनाले अटो शोको अवलोकन गरेका हुन्। त्यस्तै शनिबार दैनिक रूपमा सबैभन्दा धेरै १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका थिए। 

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ९ वटा बैंकका स्टल रहने छन्। 

यो वर्षको अटो शो विद्युतीय सवारीमय भएको छ। ईभी नभएको प्यासेन्जर कार सुजुकी हो भने अन्य सबै २२ ब्रान्ड ईभीमात्र भएका र ईभी आईसीई दुवै कार भएका छन्। 

यो वर्षको आटो शोमा वेस्ट स्टल पाउने ब्रान्डहरुमा दुई पांग्रेतर्फ एथर, लाइट कमर्सियलतर्फ सोकोन र प्यासेन्जर कारतर्फ रिडारा ब्रान्ड भएका हुन्।


प्रकाशित : आइतबार, भदौ १६ २०८११९:५७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend