बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ : लाइट कमर्सियलतर्फ सोकोनको स्टल उत्कृष्ट

आइतबार, भदौ १६ २०८१
नाडा अटो शो २०२४ : लाइट कमर्सियलतर्फ सोकोनको स्टल उत्कृष्ट

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी सोकोनको विद्युतीय भ्यान एमएडब्लू वृद्धी कमर्सियल भेहिकलले नेपाली बजारमा ल्याएको हो। गएको असारमा कम्पनीले सोकोन ब्रान्ड भित्र्याएको थियो।

काठमाडौं- नाडा अटो शो २०२४ मा १३ वटा ब्रान्डका लाइट कमर्सियल सवारी सहभागी थिए। यीमध्ये उत्कृष्ट ब्रान्ड सोकोन बन्न सफल भएको छ। 

नाडाको छनोट कमिटीले आयोजकको गाइडलाइनको परिपालनाअनुसार वेस्ट स्टल छनोट गर्दै आएको छ। नाडा अटो शो २०२४ मा कमर्सियलतर्फ सोकोन ब्रान्डको स्टल उत्कृष्ट भएको हो। 

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी सोकोनको विद्युतीय भ्यान एमएडब्लू वृद्धी कमर्सियल भेहिकलले नेपाली बजारमा ल्याएको हो। गएको असारमा कम्पनीले सोकोन ब्रान्ड भित्र्याएको थियो। 

ईसी थर्टी सिक्स ११ सिटे ईभी भ्यान हो जसले ३ सय किलोमिटरको रेन्ज प्रदान गर्दछ। यसमा ६० किलोवाटको मोटर छ जसले २ सय एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ।

sokon (3).jpg

यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत र २.५ घण्टामा ० देखि १ सय प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ। 

यो ईभी भ्यानमा १ सय ८८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउँछ। सोकोन ईभी भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ राखिएको छ।

sokon (2).jpg


प्रकाशित : आइतबार, भदौ १६ २०८११७:४४
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend