बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ : दुईपांग्रेतर्फको उत्कृष्ट स्टल एथर

आइतबार, भदौ १६ २०८१
नाडा अटो शो २०२४ : दुईपांग्रेतर्फको उत्कृष्ट स्टल एथर

एथरले नाडा अटो शो २०२४ मा बनाएको स्टलमा विद्युतीय स्कुटरको प्लेटफर्म नै राखेको थियो।

काठमाडौं- यो वर्षको नाडा अटो शोमा दुई पांग्रे सवारीतर्फ एथर ब्रान्डको स्टल उत्कृष्ट स्टल घोषित भएको छ। आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले छनोट कमिटिमार्फत एथरलाई दुईपांग्रेतर्फ वेस्ट स्टल घोषित गरेको हो। 

एथर विद्युतीय स्कुटर उत्पादक कम्पनी हो। भारतीय सवारी उत्पादक कम्पनी एथर इनर्जीका विद्युतीय स्कुटर नेपाली बजारमा वैद्य इनर्जीले भित्र्याएको हो। 

आकर्षक डिजाइन र शोरुमै थिममा वैद्य इनर्जीले एथरको स्टल बनाएको थियो। आयोजकले दिएको गाइडलाइनअनुसार सबैकुरा मेन्टेन गरेर बनाएकाले एथरको स्टल उत्कृष्टमा पर्न सफल भएको हो।  

एथरले नाडा अटो शो २०२४ मा बनाएको स्टलमा विद्युतीय स्कुटरको प्लेटफर्म नै राखेको थियो। यो वर्ष बीवाईडीले पनि नाडामा बीवाईडीले विकास गरेको विद्युतीय कारको नयाँ प्लेटफर्म ३.० सार्वजनिक गरेको थियो। एथर र बीवाईडी दुई कम्पनीले प्लेटफर्म नै प्रदर्शनीमा राखेका थिए।  

ather (2).jpg

गत असोजमा वैद्य अर्गनाइजेसनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय विद्युतीय स्कुटर कम्पनी एथर इनर्जीको नेपाल लागि आधिकारिक बिक्रेता बनोको थियो। त्यसको केही महिनामै कम्पनीले एथरका विद्युतीय स्कुटर बिक्री सुरु गरेको थियो। 

एथरले आफ्नो फ्ल्यागसिप मोडल ‘४५० एक्स‘ नेपालमा पहिलो पटक सार्वजनिक गरेको थियो। एथरको सफल मोडल ४५० एक्स दुई फरक ब्याट्री अप्सनमा नेपाल आएको छ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन्। एथरका अन्य मोडलका विद्युतीय स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन्। 

ather (3).jpg


प्रकाशित : आइतबार, भदौ १६ २०८११७:४२
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend