बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ : शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले गरे अवलोकन

शनिबार, भदौ १५ २०८१
नाडा अटो शो २०२४ : शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले गरे अवलोकन

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्।

काठमाडौं- मंगलबारदेखि सुरु भएको १६औँ संस्करणको नाडा अटो शो २०२४ जारी छ। काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शो आइतबारससम्म चल्ने छ। 

यो संस्करणको नाडा अटो शोमा शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका छन्। यसपाली अटो शोमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको नाडा अटो शो आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। 

यो वर्षको अटो शोमा पहिलो दिन ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन १५ हजार जना अटो शोमा आइपुगेको नाडाले जनाएको छ। 

त्यस्तै तेस्रो दिन बिहीबार १७ हजार र शुक्रबार १७ हजार २ सय जनाले अटो शोको अवलोकन गरेका हुन्। त्यस्तै शनिबार दैनिक रूपमा सबैभन्दा धेरै १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका हुन्।

पाँच दिनमा ७१ हजार जनाभन्दा बढीले नाडा अटो शो हेरिसकेका छन्।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ९ वटा बैंकका स्टल रहने छन्। 

यो वर्षको अटो शो विद्युतीय सवारीमय भएको छ। ईभी नभएको प्यासेन्जर कार सुजुकी हो भने अन्य सबै २२ ब्रान्ड ईभीमात्र भएका र ईभी आईसीई दुवै कार भएका छन्। 


प्रकाशित : शनिबार, भदौ १५ २०८१२०:२३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend