बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सनरुफसहितको एसयूभी पन्च ईभीको नाडामा ३ सय २८ बुकिङ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १५ २०८१
सनरुफसहितको एसयूभी पन्च ईभीको नाडामा ३ सय २८ बुकिङ

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ।

काठमाडौं- नाडाको पहिलो दिनमै १ सयभन्दा बढी बुकिङ भएको थियो। मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ मा ४ दिनमा पन्च ईभी ३ सय २८ बुकिङ भएको छ। 

पन्च ईभीको नाडाको बाँकी दुई दिन पनि उपभोक्ताहरुको बाक्लो उपस्थित रहेने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए। 

टाटा पन्च ईभीको सुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो। यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्ने छन्। 

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ।

tata (1).jpg 

टाटा डट ईभी प्रिजेन्ट्स नाडा अटो शो २०२४ मा पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो। सिप्रदीले पन्च ईभी सार्वजानिक गर्नुपूर्व हजारौँ किलोमिटर चलाएर रियल वल्र्ड परीक्षण गरेको छ।

नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने बताएको छ। यो ल्याबमा फिक्स गरेर जाँच गरिएको रेन्ज नभइ रियल वल्र्ड रेन्ज भएको कम्पनीले जनाएको छ।

सोहीकारण नाडा अटो शोमा पुग्ने हरेक अवलोकनकर्ताले नबिराइ हेर्ने विद्युतीय एसयूभी हो टाटा पन्च ईभी। आकर्षक डिजाइन र विशेषताले भरिएको र ‘भ्यालू फर मनी’ दिने यो कार धेरैको रोजाइ र चासोमा परेको हो।

punch ev.jpeg

बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्।

यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। 


प्रकाशित : शनिबार, भदौ १५ २०८११६:०४
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend