बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सिट्रोन : विद्युतीय र आईसी इन्जिन कारको संगम

शनिबार, भदौ १५ २०८१
नाडामा सिट्रोन : विद्युतीय र आईसी इन्जिन कारको संगम

नाडालाई लक्षित गरेर कम्पनीले पेट्रोल कारमा विभिन्न अफरसमेत ल्याएको छ। उक्त अफरअन्तर्गत ४ वर्षसम्म पेट्रोल निःशुल्कलगायत रहेका छन्।

काठमाडौं- नाडा अटो शो २०२४ मा प्रदर्शनीमा राखिएका ब्रान्डमध्ये विद्युतीय र पेट्रोलियम दुवै कार भएको ब्रान्ड सिट्रोन पनि हो। 

फ्रेन्च ब्रान्ड सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले ईभी तथा आईसी इन्जिन दुवै कार बिक्री गर्दै आएको छ। कम्पनीले नाडा अटो शोमा पनि विद्युतीय कार सिट्रोन ई सीथ्री साइन र आईसी सिट्रोन सीथ्री तथा सी फाइभ एयरक्रस प्रदर्शनीमा राखेको छ। 

नाडालाई लक्षित गरेर कम्पनीले पेट्रोल कारमा विभिन्न अफरसमेत ल्याएको छ। उक्त अफरअन्तर्गत ४ वर्षसम्म पेट्रोल निःशुल्कलगायत रहेका छन्। सिट्रोनको सीथ्री र सी फाइभ एयरक्रस आईसी इन्जिन कार हुन्। 

ई सीथ्री विद्युतीय कार अत्याधुनिक प्रविधि र परिष्कृत सुविधाहरूले भरिएको यसमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएमलगायत विशेषता समावेश छन्। 

citron nada (4).jpg

सिट्रोन प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १ सय ३ वर्ष भन्दा लामो रहेको छ। अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ। 

नाडा अटो शोमा सिट्रोनको ईभीमा अवलोकनकर्ताहरु आकर्षित देखिएका छन्। त्यस्तै फ्रान्सेली ब्रान्ड भएकाले र विभिन्न आकर्षक स्किमहरुका कारण पेट्रोल कारमा पनि चाख दिएर उपाभेक्ताहरु गइरहेका छन्। 

citron nada (3).jpg
citron nada (2).jpg


प्रकाशित : शनिबार, भदौ १५ २०८११२:४१
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend