बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा केई : नयाँ ब्रान्डका मिनिदेखि विद्युतीय एसयूभी केई एक्स थ्री प्रोसम्म

शनिबार, भदौ १५ २०८१
नाडामा केई : नयाँ ब्रान्डका मिनिदेखि विद्युतीय एसयूभी केई एक्स थ्री प्रोसम्म

यो ब्रान्ड नेपाली बजारमा दुई व्यापारिक समूहले दुई वटै आधिकारिक बिक्रेता भएका भित्र्याएका हुन्।

काठमाडौं- यो वर्षको नाडा अटो शोमा नयाँ ब्रान्ड विद्युतीय कार उल्लेख्य रुपमा सहभागी भएका छन्। यस्तै मध्येको एउटा नयाँ ब्रान्ड हो केई। यो ब्रान्ड नेपाली बजारमा दुई व्यापारिक समूहले दुई वटै आधिकारिक बिक्रेता भएका भित्र्याएका हुन्। 

नाडा अटो शो २०२४ मा स्टल भने लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई मोबिलिटीले लिएको हो। तर अर्को आधिकारिक बिक्रेता जीओ अटोमोबाइल पनि संयुक्त रुपमा नाडाको स्टरमा रहेर अवलोकनकर्तालाई ब्रान्ड र कार बारे जानकारी गराइ रहेका छन्। 

नेपाल आएका केई ब्रान्डका तीन वटा मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो। कम्पनीले इक्युट-२, इक्युट-४ र विद्युतीय एसयूभी एक्स थ्री प्रो सार्वजनिक भएको छ। 

कम्पनीका अनुसार नाडा अटो शोमा सार्वजनिक भएका इक्युट-२ को मूल्य १९ लाख ९६ हजार, इक्युट-४ को २४ लाख ९६ हजार र एसयूभी एक्स थ्री प्रो ईभीको ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर बुकिङ खुला गरेको छ।

kaiy nada (2).jpg

नाडा विशेष अफरअन्तर्गत ग्राहकले केई गाडीको खरिदमा ७/३ किलोवाटको वाल माउन्टेड चार्जरका साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। 

चिनियाँ ब्राण्ड केईको ह्याचव्याक कारको लम्बाई ३६ सय ९५ एमएम, चौडाई १६ सय ८५ एमएम र उचाई १६ सय १५ एमएम रहेको छ। यसा २५ सय एमएम लामो ह्वीलवेस र १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। 

kaiy nada (3).jpg

फास्ट चार्जर सपोर्ट गर्ने ५ सिट क्षमताको ह्याचव्याक कारमा २८.०८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ। रेन्ज परीक्षण गर्ने चिनियाँ संस्था सीएलटीसीअनुसार यसले एकपटकको फुल चार्जमा ३ सय १ किलोमिटर रेन्ज दिन्छ।

अधिकतम १ सय किलोमिटरको स्पीडमा गुड्ने क्यूट ४ कारमा ४० किलोवाट क्षमताको मोटर उपलब्ध छ। सुरक्षाको लागि कारमा एबीएस, इबीडी, एएसआर, टीसीएस, इएससी, इएसपी र डीसीएसलगायत विशेषता रहेका छन्। नाडामा केईका ह्याचब्याक कार र एसयूभी एक्स थ्री प्रोमा अवलोकनकर्ता आकर्षित छन्। 

kaiy nada (4).jpg
kaiy nada (5).jpg
kaiy nada (6).jpg


प्रकाशित : शनिबार, भदौ १५ २०८११३:०४
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend