बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तयारी बिनै ओली सरकारले शिलान्यास गरेका १४ सय सडक आयोजना खारेज 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
तयारी बिनै ओली सरकारले शिलान्यास गरेका १४ सय सडक आयोजना खारेज 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १४ सय सडक आयोजना खारेज गर्नेसंकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। 

काठमाडौं- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १४ सय सडक आयोजना खारेज गर्नेसंकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्।

यस्ता आयोजनाहरु तत्काललाई स्थगित गरि औचित्य र आवश्यकताका आधारमा खारेजी वा प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ।

समृद्ध नेपाल निर्माणको आधारको रुपमा रहेको सडक निर्माणलाई योजनावद्ध रुपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्सांकन तयार गरि संघ प्रदेश र स्थानीय तकको प्रष्ट क्षेत्राधिकार तोकि सडक निर्माण गर्ने नीति सरकारले लिएको छ। 

आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नगरिएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरि हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा उल्लेख छ। 

 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:११
  • सम्बन्धित विषय:

  • # ठेक्का
  • # सडक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend