बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पूर्वमा बढ्दैछ विद्युतीय सवारीमा आकर्षण : 'किफायती मूल्यमा अतुलनीय सुविधा'

आइतबार, भदौ १६ २०८१
पूर्वमा बढ्दैछ विद्युतीय सवारीमा आकर्षण : 'किफायती मूल्यमा अतुलनीय सुविधा'

सङ्खुवासभा खाँदबारीबाट सुनसरीको धरानसम्म यात्रुवाहक ईभी सञ्चालन गर्ने रोशन विष्टले मनग्ये आम्दानी गर्ने गरेको बताए। लामो समय युएईमा काम गरेर नेपाल फर्किएका उनी एकैदिनमा खाँदबारी र धरान ओहोरदोहोर गर्ने गरेको बताउँछन्।

इटहरी- इटहरीकी गायत्री कटवालले पेट्रोलियम गाडी बिक्री गरेर विद्युतीय गाडी (ईभी) खरिद गरिन्। केही महिना अगाडि साथीहरूसँगको परामर्शमा गाडी खरिद गरेकी उनी अहिले निक्कै खुसी छिन्। पेट्रोलियम इन्जिन भएको गाडीभन्दा धेरै सुविधा र किफायती भएपछि ईभी उनको रोजाइमा परेको हो।  

एमजीको जेड एक्स खरिद गरेदेखि नै उनले आरामदायी यात्रा गरेको सुनाइन्। पेट्रोलियम गाडीमा धेरै पैसा खर्च भएको अनुभव सुनाउँदै उनले सस्तो मूल्यमा धेरै सुविधा उपयोग गर्न पाएको बताइन्।

अत्याधुनिक सुविधा भएको ईभीमा सेन्सरसमेत रहेकाले चलाउन सजिलो र सुरक्षित भएको उनको अनुभव छ। गाडीको भित्री भाग फराकिलो हुने र लक्जरी भएकाले यात्रा एकदमै रमाइलो हुने कटवालको भनाइ छ। 

ओमोडा इ-५ का प्रयोगकर्ता सौजन्य काफ्लेले पनि सस्तोमा महँगो सुविधा उपयोग गर्न पाएको बताए। ईभीमा पेट्रोलियम गाडीको भन्दा धेरै सुविधा पाएको अनुभव लिएका काफ्लेले ईभी आरामदायी, सस्तो र भरपर्दो भएको सुनाए। अबको बजार ईभीले लिएको उनको भनाइ छ। 

गएको एक वर्षदेखि बढिरहेको ईभीको चर्चाले सहरका हरेक कुनामा चार्जिङ स्टेसन र घरघरमा गाडी हुने अवस्थामा पुर्‍याएको छ। पेट्रोलियम गाडीको प्रयोगले बारम्बार समस्या दिने गरेको बताउने बिर्तामोडका ओम अधिकारी अहिले कुनै समस्या नभएको सुनाउँछन्। एमजीको ईभी चढिरहेका उनी सस्तो र सुविधाजनक यात्रा हुने गरेको दाबी गर्छन्। अधिकारीले ईभी सुरक्षित र किफायती महसुस भएको बताउँछन्।  

कटवाल, काफ्ले र अधिकारीजस्ता प्रयोगकर्ताहरू सहर बजारमा मात्र होइन ग्रामीण क्षेत्रमा समेत बढिरहेका छन्। सङ्खुवासभा खाँदबारीबाट सुनसरीको धरानसम्म यात्रुवाहक ईभी सञ्चालन गर्ने रोशन विष्टले मनग्ये आम्दानी गर्ने गरेको बताए।

srm itahari.jpg

लामो समय युएईमा काम गरेर नेपाल फर्किएका उनी एकैदिनमा खाँदबारी र धरान ओहोरदोहोर गर्ने गरेको बताउँछन्। बाटोमा चार्जिङ स्टेसन सञ्चालनमा आएपछि धेरै सहज भएको उनको भनाइ छ। 

त्रिवेणी ग्रुप अफ कम्पनीले ईभीलाई मुख्य प्राथमिकतामा राखेर व्यापार बढाएको छ। कम्पनीका बिजनेस हेड तीर्थराज भट्टराईका अनुसार पछिल्लो समय यात्रुवाहक ११ र १४ सिटर गाडी बढी बिक्री भइरहेका छन्। ग्रामीण क्षेत्रमा पनि उपयोग बढिरहेको बताउँदै उनले सस्तोमा आरामदायी यात्रा गर्नको लागि ईभी उपयुक्त भएको बताए। 

होटेल तथा ट्राभल्स कम्पनीमा ईभीका यात्रुवाहक गाडीको उपयोग बढेको उनको भनाइ छ। काठमाडौंबाहिर कोशी र गण्डकीमा ईभी बढी बिक्री हुने बताएका भट्टराईले पछिल्लो आँकडालाई हेर्दा ८० प्रतिशत बजार ईभीको भएको दाबी गरे। 

पूर्वी नेपालमा तराईबाट पहाड उक्लँदै विद्युतीय गाडी पूर्वी नेपालमा तराईबाट पहाड उक्लँदै विद्युतीय गाडी

पूर्वी पहाडी जिल्लामा ईभीका ट्याक्सी सञ्चालन गर्दै आएको पूर्वेली यातायातका सञ्चालक मोहनमणि बराल अहिले आएर धेरै प्रतिस्पर्धा भएको बताउँछन्। ईभीको प्रयोग बढिरहेको हुँदा गाडीको सङ्ख्या आवश्यकताभन्दा बढी भएको बताए।

यात्रुहरूको रोजाई ईभी भएपनि यात्रुभन्दा गाडी धेरै हुने अवस्था आएको भट्टराईको भनाइ छ। चार्जिङ स्टेसन भएपनि समयमै मर्मत नहुने र बिक्रेता कम्पनीले बेवास्ता गरेको उनको गुनासो छ।

पूर्वमा एसआरएम, हाइलङ, सिजी, फोर्टनलगायत कम्पनीका गाडीले बजार विस्तार गरिरहेको छ। स्पेयर पार्ट्समा एकाधिकार भएको गुनासो गर्दै भट्टराईले टायरदेखि अन्य सामग्री फेर्नुपर्दा धेरै झन्झट भोग्नुपरेको बताए। 


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend