बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा ट्रायम्फ : प्रिमियम मोटरसाइकल ब्रान्डको दमदार उपस्थिति

शनिबार, भदौ १५ २०८१
नाडामा ट्रायम्फ : प्रिमियम मोटरसाइकल ब्रान्डको दमदार उपस्थिति

बजाज अटो र ट्रायम्फ मिलेर भारतमा उत्पादन गरेको मोटरसाइकल नेपालमा हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्दै आएको छ।

काठमाडौं- नाडा अटो शो २०२४ मार्फत प्रिमियम मोटरसाइकल ब्रान्ड र यसका दुई मोडल नेपाली बजारमा सार्वजनिक भएको छ। नाडा अटो शोमा ट्रायम्फ स्पीड ४०० एक्स र ४०० र्स्क्रयाम्बलर सार्वजनिक भएको हो।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एन्ड कम्पनीले दुबै मोडलको बुकिङसमेत खुला गरेको छ। कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकलको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ र स्क्रयाम्वलरको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ कायम गरेको छ। 

बजाज अटो र ट्रायम्फ मिलेर भारतमा उत्पादन गरेको मोटरसाइकल नेपालमा हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्दै आएको छ। कम्पनीले बजाजका उत्पादन पनि नेपालमा एसेम्बल गरेर बिक्री गर्दै आएको छ। 

बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४०० सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यातसमेत गर्दै आएको छ। कम्पनीले केही दिन अघि १ वर्षमा ५० हजार वटा मोटरसाइकल बिक्रीको सफलता हात पारेको थियो। 

triumph bike (2).jpg

ट्रायम्फ ४०० सिरिजमा ३ सय ९८ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० एचपी पावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। दुबै मोटरसाइकलमा ६ स्पीड गियरबक्स रहेको छ। 

ट्रायम्फका दुबै मोटरसाइकलमा समान विशेषताहरु उपलब्ध छन्। ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक विशेषताहरु समावेश गरिएको छ। 

triumph bike (3).jpg

त्यसैगरी ट्रायम्फका दुवै मोडलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रिप, गोल्ड यूएसडी फर्कलगायत विशेषता मोटरसाइकलमा राखिएका छन्।

प्रिमियम मोटरसाइकल खोज्ने उपभोक्ताको रोजाइमा ट्रायम्फ पर्न सक्छ। नाडामा आएका यो सेगमेन्टका मोटरसाइकल खोज्नेहरुको बाक्लो उपस्थितिले यही देखाउँछ। 

triumph bike (5).jpg
triumph bike (4).jpg


प्रकाशित : शनिबार, भदौ १५ २०८११५:००
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend