बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा सेरेस : फेसफिफ्ट भर्सनसहित आकर्षक मूल्यको अफर

शुक्रबार, भदौ १४ २०८१
नाडामा सेरेस : फेसफिफ्ट भर्सनसहित आकर्षक मूल्यको अफर

फेसलिफ्ट भर्सनको सेरेस थ्रीमा गाडीको अग्रभागमा परिवर्तन गरिएको छ। पहिलेको भन्दा निकै आकर्षक लुक्समा सेरेस थ्री फेसलिफ्ट आएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी सेरेसका विद्युतीय कार नाडामा आकर्षक मूल्यसहित प्रदर्शनीमा राखिएको छ। गत वर्षको नाडामा सेरेस थ्री उल्लेख्य बुकिङ र बिक्री भएको थियो। 

यो वर्ष सेरेसको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सेरेस थ्रीको फेसफिफ्ट भर्सन प्रदर्शनीमा राखेको छ। कम्पनीले केही महिनाअघिमात्र नेपाली बजारमा सेरेस थ्रीको फेसलिफ्ट सार्वजनिक गरेको थियो। रेगुलरको तुलनामा फेसलिफ्ट सेरेस थ्री निक्क आकर्षक बनेर आएको छ। 

सेरेस थ्रीको अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेको थियो। नाडा अटो शोमा बुकिङ गर्नेका लागि भने कम्पनीले आकर्षक मूल्य ४५ लाख ४९ हजार रुपैयाँ अफर गरेको छ। 

नयाँ सेरेस थ्रीले अटो शोमा आउने उपभोक्तालाई आकर्षित गरिरहेको छ। नाडामा सेरेस थ्रीका साथै मिनि ईभी पनि प्रदर्शनीमा राखिएको छ। 

seres (2).jpg

फेसलिफ्ट भर्सनको सेरेस थ्रीमा गाडीको अग्रभागमा परिवर्तन गरिएको छ। पहिलेको भन्दा निकै आकर्षक लुक्समा सेरेस थ्री फेसलिफ्ट आएको छ। 

गएको भदौमा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको अपग्रेडेड भर्सन नाडा अटो शो २०२४ मा आएको छ। नयाँ सेरेस थ्रीमा डिजाइन परिमार्जन गरिएको र एलइडी डीआरएल र सेरेसकै ब्याच प्रयोग गरेर ल्याइएको छ।

Santaneswar banke.jpeg

नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस थ्रीमा १ सय ९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ। यसमा ९९ किलोवाटको मोटर र ५२.७ किलोवाट आवरको ब्याट्री प्याक छ। 

सेरेस थ्रीमा चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल(टाइम अफलाइन जीपीएसलगायत विशेषता छन्। यो वर्षको नाडामा पनि राम्रो बुकिङ र इनक्वाइरी आइरहेको कम्पनीले जनाएको छ। 

seres (4).jpg
seres (5).jpg
seres (6).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११०:२८
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend