बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा हुन्डाई : नेपालमै बनेको भेन्यूदेखि आयोनिक फाइभ ईभीसम्म

बिहीबार , भदौ १३ २०८१
नाडामा हुन्डाई : नेपालमै बनेको भेन्यूदेखि आयोनिक फाइभ ईभीसम्म

यसका साथै हुन्डाईको २०२४ मोडलको नयाँ क्रेटा पनि नाडामा राखिएको छ। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो।

काठमाडौं- नाडा अटो शो २०२४ तेस्रो दिनमा चलिरहेको छ। मंगलबारदेखि सुरु भएको अटो शोमा उपभोक्ताका आकर्षण देखिएको छ। 

विद्युतीय सवारीमय बनेको अटो शोमा हुन्डाईको आकर्षक ईभी आयोनिक फाइभ प्रदर्शनीमा राखिएको छ। हुन्डाईले केही वर्षदेखि नै नेपाली बजारमा विद्युतीय कार बिक्री गर्दै आएको छ।

करिब ५ वर्षअघि हुन्डाईले पहिलोपटक कोना ईभी नेपाली बजारमा ल्याएको थियो। यो वर्षको नाडा अटो शोमा कोना ईभी भने प्रदर्शनीमा राखिएको छैन। यद्यपी कोना ईभी उपभोक्ताले खरिद गर्न भने पाउँछन्। 

त्यस्तै हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै एसेम्बल गरिएको हुन्डाई भेन्यूलाई नाडामा प्राथमिकताका साथ राखेको छ। भेन्यूको एसेम्बल यही वर्षको बैशाखदेखि औपचारिक रुपमा हुँदै आएको छ। लक्ष्मी मोटर कर्पोरेसनले भेन्यूका साथै क्रेटा र आई टेनको पनि एसेम्बल प्रक्रिया थालिसकेको छ। 

यसका साथै हुन्डाईको २०२४ मोडलको नयाँ क्रेटा पनि नाडामा राखिएको छ। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। 

hundai nada (1).jpg

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ। मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधा रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।

hundai nada (3).jpg

त्यसैगरी पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ। यसमा दुबै स्कृन समान १०.२५ इन्चको छ। 

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड : स्पट भ्यू मोनिटर (बीभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ। 

hundai nada (2).jpg

एडास विशेषताअन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन्। १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ। गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन्।

यसका साथै हुन्डाईका आइटेन, आइट्वान्टी, टुसान, सान्टाफे, प्यालेसिडलगायत मोडलका कार नेपाली बजारमा उपलब्ध छन्। 

hundai nada (4).jpg


प्रकाशित : बिहीबार , भदौ १३ २०८११०:३२
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend