बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अटो शोमा यस्तो छ दुईपांग्रे सवारीसाधनको चमकदमक [फोटो फिचर]

बुधबार, भदौ १२ २०८१
अटो शोमा यस्तो छ दुईपांग्रे सवारीसाधनको चमकदमक [फोटो फिचर]

दुईपांग्रे सवारीमा पनि विद्युतीय सवारीहरूको संख्या उल्लेख्य रहेको छ। अटो शोको यो १६औँ संस्करणको प्रदर्शनीमा १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर रहेका छन्।

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो २०२४' मा दुईपांग्रे सवारीसाधनको पनि विशेष चमकदमक देखिएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी 'नाडा अटो शो' हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो आउँदो १६ गते आइतबारसम्म चल्ने छ। यो नाडा अटो शोको १६औँ संस्करण हो।

यो वर्षको अटो शो ईभीमय बनेको छ। शोमा १ सय ३० वटा स्टल छन्। यो वर्षको अटो शोलाई व्यवस्थित बनाउने नाडाले हरसम्भव प्रयास गरेको नाडा अटो शोका संयोजक अनुप बरालले बताएका छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। दुईपांग्रे सवारीमा पनि विद्युतीय सवारीहरूको संख्या उल्लेख्य रहेको छ। अटो शोको यो १६औँ संस्करणको प्रदर्शनीमा १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर रहेका छन्। 

nada motercycle (4).jpg
nada motercycle (5).jpg
nada motercycle (3).jpg
nada motercycle (2).jpg
nada motercycle (6).jpg
nada motercycle (7).jpg
nada motercycle (8).jpg
nada motercycle (9).jpg
nada motercycle (10).jpg
nada motercycle (11).jpg
nada motercycle (12).jpg
nada motercycle (13).jpg
nada motercycle (14).jpg
nada motercycle (15).jpg
nada motercycle (16).jpg
nada motercycle (17).jpg
nada motercycle (18).jpg
nada motercycle (19).jpg
nada motercycle (20).jpg
nada motercycle (21).jpg
nada motercycle (22).jpg
nada motercycle (23).jpg
nada motercycle (24).jpg
nada motercycle (25).jpg
nada motercycle (26).jpg


प्रकाशित : बुधबार, भदौ १२ २०८११८:३८
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend