बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बिक्री सुरू भएको पहिलो दिनमै सयभन्दा बढी टाटा पन्च ईभी बुकिङ

बुधबार, भदौ १२ २०८१
बिक्री सुरू भएको पहिलो दिनमै सयभन्दा बढी टाटा पन्च ईभी बुकिङ

३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ। यो मूल्य नाडा शोसम्मलाई मात्र रहेको कम्पनीको भनाइ छ।

काठमाडौं- नाडा अटो शो २०२४ मा बिक्री सुरू गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बिक्री सुरू गरेको पहिलो दिनमै नेपालभरी एक सयभन्दा बढी बुकिङ भएको छ।

कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि-बुकिङ सुरू गरिसकेको थियो। ३३ लाख ९९ हजार रूपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ। यो मूल्य नाडा शोसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीको भनाइ छ।

साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ स्टेशनमा नि:शुल्क चार्जिङ पनि पाउने टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले ट्रेडिङ प्रालिले जनाएको छ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने, ‘टाटा पन्च ईभीलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङमा पनि देखिएको छ। विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहअनुसारको गाडीहरू ल्याउन सफल भएको छ र यो पन्च ईभीको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ।’

‘गत वर्ष नाडाबाटै बिक्री सुरू गरिएको टियागो ईभी नेपालको सर्वाधिक बिक्री हुने ईभी ह्याचब्याक बन्न सफल भएको थियो र पन्च ईभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौँ,’ उनले भने।

साथै, ग्राहकहरूले टाटा ईभी नाडा अटो शो २०२४ मा टियागो ईभीको हरेक बुकिङमा ग्राहकहरूले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनका साथै १ वर्षको सवारी कर र एसोसरिज प्राप्त गर्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११६:५०
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend