बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आकर्षक मूल्य र विशेषताले भरिएको बहुप्रतिक्षित टाटाको पन्च ईभी सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ११ २०८१
आकर्षक मूल्य र विशेषताले भरिएको बहुप्रतिक्षित टाटाको पन्च ईभी सार्वजनिक

नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि ले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको १६औँ टाटा ईभी नाडा अटो शो २०२४ मा पन्च ईभीको बिक्री आरम्भ गरेको हो। 

टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँबाट सुरु भएको छ। बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्। यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। 

नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। 

nada 024 (21).jpg

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार नेपाली बजारमा टियागो ईभी र नेक्सन ईभीको सफलता पछि पन्च ईभी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए। भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार वटाभन्दा बढी बिक्री भइरहेको छ। पन्च ईभीले धेरैभन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा टाटा मोटर्स विश्वस्त रहेको उनको भनाइ छ। 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको अनुसार टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक भएको बताए। लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी  भूमिका निर्वाह गरेको सिप्रदीले पन्च ईभीसँगै नेपाली बजारमा फेरी यही स्थान कायम गर्नेमा विस्वस्त रहेको उनले बताए। अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी पन्च ईभीले हाम्रो ग्राहकहरुलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति पाउन सकिने सिप्रदीले जनाएको छ।  

नेपालभरी टाटा इभी गाडीका लागि २६ डीसी फास्ट चार्जिङ स्टेसन, १ भन्दा ५० भन्दा बढी एसी फास्ट चार्जिङ, १ सय ५० भन्दा बढी एसी स्लो चार्जिङ नेटवर्क छ। यसैगरि १६ ईभी डेडिकेटेड सेवा सञ्जाल, र २२ वटा बिक्री केन्द्र रहेका छन्। 


प्रकाशित : मंगलबार, भदौ ११ २०८११९:०६
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend