बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नाडा अटो शो'मा विद्युतीय सवारीको बहार [फोटो फिचर]

मंगलबार, भदौ ११ २०८१
'नाडा अटो शो'मा विद्युतीय सवारीको बहार [फोटो फिचर]

काठमाडौं- नाडा अटो शो २०२४ आज मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी 'नाडा अटो शो' हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो आउँदो १६ गते आइतबारसम्म चल्ने छ।

यो नाडा अटो शोको १६औँ संस्करण हो। यो वर्षको अटो शो ईभीमय बनेको छ। शोमा १ सय ३० वटा स्टल छन्। यो वर्षको अटो शोलाई व्यवस्थित बनाउने नाडाले हरसम्भव प्रयास गरेको नाडा अटो शोका संयोजक अनुप बरालले बताएका छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। 

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स र ७ वटा बैंकका स्टल रहेका छन्। 

nada 024 (1).jpg
nada 024 (2).jpg
nada 024 (3).jpg
nada 024 (4).jpg
nada 024 (5).jpg
nada 024 (6).jpg
nada 024 (7).jpg
nada 024 (8).jpg
nada 024 (9).jpg
nada 024 (10).jpg
nada 024 (27).jpg
nada 024 (26).jpg
nada 024 (24).jpg
nada 024 (23).jpg
nada 024 (22).jpg
nada 024 (21).jpg
nada 024 (20).jpg
nada 024 (19).jpg
nada 024 (18).jpg
nada 024 (17).jpg
nada 024 (16).jpg
nada 024 (11).jpg
nada 024 (12).jpg
nada 024 (13).jpg
nada 024 (14).jpg
nada 024 (15).jpg


प्रकाशित : मंगलबार, भदौ ११ २०८११७:१८
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend