बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमजी जेडएस ईभी डिलक्समा विशेष अफर, मूल्य ४६ लाख ९९ हजार

मंगलबार, भदौ ११ २०८१
एमजी जेडएस ईभी डिलक्समा विशेष अफर, मूल्य ४६ लाख ९९ हजार

यो मूल्य अक्टोबर ५ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ।

काठमाडौं- एमजी जेडएस ईभी डिलक्स स्ट्यान्डर्ड भर्सनको मूल्य घटेको छ। एमजीको एकसय वर्ष पूरा भएको अवसरमा पारामाउन्ट मोटर्सले विशेष छुट दिएको हो।

कम्पनीले जेडएस ईभी डिलक्स स्ट्यान्डर्डको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य अक्टोबर ५ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ।

यसअघि यो विद्युतीय एसयूभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो। 

सुरक्षा र विभिन्न सेवासुविधामा समेत अब्बल एमजी जेडएस ईभीमा ६ वटा एयरब्याग्स, हिल लन्च, असिस्ट, स्पीड असिस्टेन्स सिस्टम, वायरलेस चार्जिङलगायतका सुविधा छन्। 


प्रकाशित : मंगलबार, भदौ ११ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend