बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

मंगलबार, भदौ ११ २०८१
नाडा अटो शो २०२४ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

अटोमोबाइल क्षेत्र हिजोको जस्तो अवस्थाबाट नहेरिने अर्थमन्त्री विष्णु पौडेलले बताए। ट्रेडिङबाट उत्पादन उन्मुख हुनु नेपालको अटोमोबाइलका लागि सुखद् भएको उनको भनाइ छ।

काठमाडौं- नाडा अटो शो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी नाडा अटो शो हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो २०२४ भदौ १६ आइतबारसम्म चल्ने छ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्र हिजोको जस्तो अवस्थाबाट नहेरिने बताए। सरकार कुनै पनि व्यवसायीलाई दुःख दिने कुरामा विश्वास नगर्ने भन्दै उनले कसैले दुःख दिए सिधै मन्त्रीलाई भन्न आग्रह गरे।

ट्रेडिङबाट उत्पादनउन्मुख हुनु नेपालको अटोमोबाइलका लागि सुखद् भएको मन्त्री पौडेलले बताए।

nada auto.jpeg

यस्तै नाडाका अध्यक्ष करण चौधरीले सरकारले अटोमोबाइल क्षेत्रलाई गरेको उपेक्षा हट्नुपर्ने बताए।

यो नाडा अटो शोको १६औँ संस्करण हो। यो वर्षको अटो शो ईभीमय बनेको छ।

यो वर्षको अटो शोलाई व्यवस्थित बनाउने नाडाले हरसम्भव प्रयास गरेको नाडा अटो शोका संयोजक अनुप बरालले बताए।

शोमा १ सय ३० वटा स्टल छन्।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११०:३३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend